मंगलबार, वैशाख ११, २०८१

सेजनले ल्यायो आर्थिक पत्रकारिता हाते किताब

नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले आर्थिक पत्रकारिता सम्वन्धी हाते किताब प्रकाशित गरेको छ। नेपाल संघीयतामा गएपछि संघसँगै प्रदेश र स्थानीय तहसम्म आर्थिक क्षेत्रलाई पत्रकारिताको विधाको रुपमा विकास गर्ने उद्देश्यसहित सेजनले पुस्तक प्रकाशन गरेको हो। बुधबार अर्थमन्त्री जनार्दन शर्माले पुस्तकको विमोचन गरे।
 |  बिहीबार, साउन २१, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, साउन २१, २०७८

काठमाडौं- नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले आर्थिक पत्रकारिता सम्वन्धी हाते किताब प्रकाशित गरेको छ। नेपाल संघीयतामा गएपछि संघसँगै प्रदेश र स्थानीय तहसम्म आर्थिक क्षेत्रलाई पत्रकारिताको विधाको रुपमा विकास गर्ने उद्देश्यसहित सेजनले पुस्तक प्रकाशन गरेको हो। बुधबार अर्थमन्त्री जनार्दन शर्माले पुस्तकको विमोचन गरे। 

triton college

आर्थिक क्षेत्रका सबैजसो विधा समेटर ल्याइएको पुस्तक १४ अध्यायमा विभाजन गरिएको छ। जसमा अध्याय एकदेखि सातसम्म आर्थिक पत्रकारिताको परिचय, समष्टिगत अर्थतन्त्र, मौद्रिक नीति र यसका उपकरण, ऋणपत्र बजारको रिपोर्टिङ्, बीमा क्षेत्र, संघीयता र अर्थतन्त्र राखिएको छ। त्यस्तै अध्याय आठदेखि १४ सम्म पूर्वधार निर्माण, आन्तरिक तथा अन्तर्राष्ट्रिय व्यापार, निजी क्षेत्रको रिपोर्टिङ, श्रम सम्वन्धी रिपोर्टिङ, भ्रष्टाचार सम्वन्धी रिपोर्टिङ्, आर्थिक पत्रकारितामा अंक र आर्थिक पत्रकारितामा आचारसंहिता राखिएको छ। 

विश्व बैंकको सहयोगमा प्रकाशन गरिएको यो पुस्तक आर्थिक विषयवस्तु सहज बनाउनुका साथै सैद्धान्तिक पक्षसँगै उदाहरण तथा पत्रकारले बुझ्नुपर्ने मुद्दा र प्रश्नहरू समावेश गरिएको छ। पुस्तक तयार पार्नको लागि अर्थ तथा पत्रकारिता क्षेत्रका अनुभवी व्यक्तिहरू प्रेम खनाल, हरिबहादुर थापा, सेजनका निवर्तमान अध्यक्ष पुष्पराज आचार्य, सेजन अध्यक्ष भीम गौतम र पत्रकार यज्ञ बन्जाडेको मुख्य भूमिका रहेको सेजनले जनाएको छ।

पुस्तक विमोचन कार्यक्रममा अर्थमन्त्री शर्माले पुस्तक अर्थका विषयमा जानकारी लिनको लागि उपयोगी हुने बताए। ‘आर्थिक क्षेत्रमा काम गर्ने र रुची राख्ने सबैलाई यो पुस्तक निकै उपयोगी हुन्छ,’ शर्माले भने। उनले पुस्तकमा सैद्धान्तिक पक्षहरूका साथै अर्थ पत्रकारिताको आचारसंहिता समेत बनाएको कारण मर्यादित पत्रकारितामा सहयोग पुर्‍याउने बताए। 

आर्थिक विषयमा कलम चलाउन रुचाउनेको लागि यो महत्वपूर्ण हुने उनको भनाई रहेको छ। विश्व बैंकका नेपाल, माल्दिभ्स र श्रीलंकाको राष्ट्रिय निर्देशक फारिस हदाद जर्भोसले अर्थपत्रकारिताको विकासको लागि पुस्तक महत्पूर्ण भएको बताए। उनले अर्थ र वित्त क्षेत्रमा कलम चलाउन रुची राख्नेको लागि उपयोगी हुने बताए।

corrent noodles
Metro Mart

त्रिभुवन विश्वविद्यालय पत्रकारिता विभागका प्रमुख प्राध्यापक चिरञ्जीवी खनालले अर्थका विषयमा कम जानकारी भएको कारणले पनि अझै पनि अर्थतन्त्रका विषयले सञ्चार माध्येममा कम ‘स्पेश’ पाएको भन्दै अर्थ पत्रकारिताको महत्व बढाउन पनि पुस्तक उपयोगी हुने बताए।  उनले यो पुस्तक पत्रकार, पत्रकारिताको विद्यार्थी, तथा अध्यताहरूको लागि सहयोगी हुने बताए। 

सेजनले निकालेको हाते किताब संस्थागत रुपमा एक हजार रुपैयाँ र व्यक्तिगत रुपमा ५ सय रूपैयाँ तोकिएको छ।

प्रकाशित: Aug 05, 2021| 08:06 बिहीबार, साउन २१, २०७८
प्रतिक्रिया दिनुहोस्