काठमाडौं-जारी विश्वकपमा बिहीबार समूह चरणका अन्तिम खेल हुदैँछन् । नेपाल लगायतका एसियाली देश जापानको खेल हेर्न लालायित हुनेछन् ।
विश्वकपमा सहभागिता जनाएका चार टोलीमध्ये तीन टोली समूह चरणबाट बाहिरिएका छन् भने, जापान बिहीबारको खेलमा पोल्यान्डलाई जित्दै अर्को चरणमा जाने योजनामा छ ।
दुई खेलमा एकमा जीत र एकमा बराबरी गरेको जापान चार अंकसहित समूहको शीर्ष स्थानमा छ । भोल्गोग्राड मैदानमा हुने अन्तिम चरणको खेलमा जापानले पोल्यान्डसँग बराबरी मात्र गर्न सके अन्तिम १६ मा स्थान सुरक्षित गर्नेछ ।
विश्वकपमा हालसम्म जापान दुई पटक अन्तिम १६मा स्थान बनाउन सफल भएको छ ।
कोलम्वियालाइ हराउदै विश्वकपको सुखद यात्रा शुरु गरेको जापानले सेनेगलसँग बराबरी खेलेको थियो ।
समूह चरणबाट बाहिरिसकेको पोल्यान्ड विरुद्घ जापान उच्च मनोवलका साथ मैदानमा उत्रनेछ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४