जलवायु परिवर्तनका कारण विश्वभरी गर्मी बढ्दो छ । बढ्दो गर्मीलाई छल्न र क्षणिक आनन्द लिनका लागि हामीले वैकल्पिक उपकरण प्रयोग गछौं । नियमित विद्युत आपूर्ति हुनेस्थानमा एसीको व्यवस्था हुन्छ ।
बाहिरको गर्मीबाट भित्र पस्दा पाइने ठन्डा मौसमले हामीलाई लोभ्याउँछ नै तर, यही लोभले आफ्नो स्वास्थ्यका लागि दीर्घकालमा कस्तो असर पार्छ भन्ने कुरा सबैले सोच्नु जरुरी छ ।
एसीको चिसोले वैदेशिक रोजगारीमा गएका धेरै नेपाली युवा सुतेको अवस्थामा मृत भेटिएका समाचार त धेरै सार्वजनिक भएका छन् तर, नेपालमै पनि लगातार सात/आठ घण्टा एसीको प्रयोग गर्दा स्वास्थ्यमा पर्ने असरका बारेमा ‘अलबामा युनिर्भसिटीले गरेको रिसर्चले एसीको प्रयोगबाट बच्दा राम्रो भन्ने निष्कर्ष निकालेको छ ।
थाहा पाउनुहोस एसीका असरटाउको दुखाईतपाईंको अफिसमा दैनिक एसी चल्छ भने तपाईं टाउको दुखाईको बिरामी बननुहुन्छ । टाउको दुखाईसँगै नियमित एसी चलाउँदा थकान बढ्नुका साथै बेमौसम रुघाखोकी लाग्ने समस्या देखिन्छ ।
छालामा इन्फेक्सन, आँखामा पाक्ने रोगएसीले टाउको दुखाईसँगै छाला र आँखामा पनि समस्या उत्पन्न गराउँछ । छालामा अनेकन किसिमका इन्फेक्सन हुनुका साथै आँखा चिलाउने, पोल्ने, पाक्ने तथा सुन्निने समस्या हुने गर्दछ ।
यतिमात्र हैन यसले छालामा सुख्खापन पैदा गरी अनुहारको आकर्षण घटाउँछ । अत्यधिक समय एसीको हावामा बिताउने मानिसले खानामा ध्यान दिनुका साथै प्रशस्त पानी पिउनुपर्छ । छालालाई सुख्खा हुनबाट बचाउन मोइस्ट्चराइजको प्रयोग गनुपर्छ ।
रोग बल्झाउँछ एसीको बढी प्रयोगले पुरानो रोग जस्तै हात–खुट्टा भाँएिको ठाउँको दुखाई, कम्मरको दुखाई जस्ता समस्याहरु देखा पर्छन । घाटी, हात, जोर्नी, ढाड र कम्मर चिसो हावाको प्रभावले बढि दुख्ने गर्दछ । लामो समयसम्म चिसोमा बस्दा शरीरको कतिपय अङ्गमा बेहोशी र स्पर्श महसुस नहुने समस्याहरु देखा पर्ने गर्छ । ब्लड प्रेसरको बिरामी पनि बनाउँछ ।
गर्मी सहने सहाशीलतामा कमीजो व्यक्ति रातदिन एसीको हावामा बस्ने गर्छन उनीहरुमा गर्मी सहने शक्तिको कमी हुन्छ । कम गर्मीमा पनि गाह्रो र सहनै नसक्ने प्रवृत्तिको विकास भइसकेको हुन्छ ।
स्वासप्रश्वासमा समस्यालामो समयसम्म एसी सफा नगर्दा भित्र धुलो जम्ने गर्छ र त्यसले फ्याक्ने हावासँग मिसिएर धुलो शरीरमा प्रवेश गर्छ । एलर्जी र सास फेर्नमा समस्याको सुरुवात हुन्छ । जस्तै हामीले सुनैका छौं कि चिसो ठाउँमा सास लिन असजिलो महसुस हुन्छ । एसीको हावामा सरुवा रोग लाग्ने अत्यधिक सम्भावना रहेको हुन्छ ।
केश झर्ने समस्यामानिसको सुन्दरता झल्काउने केश, आँखी भौ र परेला झर्ने समस्या पनि एसीको प्रयोगले बढ्ने गर्दछ । एसीको हावाले नयाँ केश पलाउन पनि रोक्ने गरेको चिकित्सकहरु बताउँछन् ।
मस्तिष्कमा प्रभावचिसोले मानिसको मस्तिष्कमा छिटो प्रभाव पार्नेगर्छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४