मंगलबार, वैशाख ११, २०८१

नेपाल समूहको केन्द्रीय कमिटी बैठक बस्दै, संस्थापन पक्षको आपत्ति

नेकपा एमालेको असन्तुष्ट पक्षको नेतृत्व गरिरहेका नेता माधवकुमार नेपालले आफू निकट केन्द्रीय कमिटीको बैठक बोलाएका छन्। बिहान ११ बजे शंखमुलस्थित क्वालिटी ब्यान्केट पार्टी प्यालेसमा केन्द्रीय कमिटी बैठक बोलाइएको हो।
 |  बिहीबार, साउन २१, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, साउन २१, २०७८

काठमाडौं- नेकपा एमालेको असन्तुष्ट पक्षको नेतृत्व गरिरहेका नेता माधवकुमार नेपालले आफू निकट केन्द्रीय कमिटीको बैठक बोलाएका छन्। बिहान ११ बजे शंखमुलस्थित क्वालिटी ब्यान्केट पार्टी प्यालेसमा केन्द्रीय कमिटी बैठक बोलाइएको हो। 

triton college

बुधबार नै बैठक बोलाइएको भए पनि आवश्यक तयारी नपुगेको र उपत्यका बाहिरका केन्द्रीय सदस्य आउन समय लाग्ने भन्दै आजको लागि सारिएको थियो। आज बस्ने केन्द्रीय कमिटी बैठकमा पछिल्लो राजनीति घटनाक्रम र पार्टी एकतामा भइरहेको प्रयासलगायत अब कसरी अगाडि जाने भन्ने विषयमा नै छलफल हुने केन्द्रीय सदस्य जगन्नाथ खतिवडाले जानकारी दिए। 

सरकारमा सहभागी हुने नहुने वा एकतामा कसरी जाने भन्ने विषयमा आफू निकट स्थायी कमिटी सदस्यसित छलफल गरेका नेता नेपालले आज केन्द्रीय कमिटीका सदस्यसित पनि छलफल गर्न लागेका हुन्। 

नेपाल समूह भित्र पनि पछिल्लो समय दोस्रो र तेस्रो पुस्ताको धारणा फरक हुँदै आएको छ। दोस्रो पुस्ता १० बुंदेलाई आधार मानेर जानुपर्नेमा देखिएको छ भने तेस्रो पुस्ताका नेताहरूओलीलाई अध्यक्ष मानेर एकता नहुने बताउँदै आएका छन्।

यसैबीच नेकपा एमालेले विज्ञप्ति जारी गर्दै पार्टीको आज कुनै केन्द्रीय कमिटी बैठक नरहेको जनाएको छ। कार्यालय सचिव शेर बहादुर तामाङले विज्ञप्ति जारी गर्दै एमाले केन्द्रिय कमिटीका नाममा बैठक बोलाइएको सुन्नमा आएको भन्दै पार्टीको गम्भीर ध्यानाकर्षण भएको बताएका छन्।

corrent noodles
Metro Mart

`पटक-पटक एमालेको नामबाट अनधिकृत गतिविधि गर्ने र सो गतिविधिमा सरिक हुने विषय संविधान, प्रचलित कानुन र पार्टीको विधान विपरीत हुने भएकाले सो गतिविधिमा नलाग्न पार्टी कार्यकर्ता अपिल गर्दछ,´ तामाङले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

प्रकाशित: Aug 05, 2021| 07:06 बिहीबार, साउन २१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...