बिहीबार, वैशाख १३, २०८१

यस्तो छ संसद् बैठकका कार्यसूची

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं–संघीय संसदको प्रतिनिधिसभा बैठकमा बिहीबार सांसद खगराज अधिकारीले देशभर निर्माणाधीन अवस्थाका खानेपानी, सडक, ढल, पुलेसा, सिंचाई र अन्य आयोजना प्रदेश र स्थानीय तहलाई हस्तानान्तरणको व्यवस्था मिलाउन आवश्यक भएको जरुरी सार्वजनिक महत्वको प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ । 

प्रस्तावमा सांसद विशाल भट्टराई र ध्रुवकुमार शाहीले समर्थन गर्ने संसद सचिवालयले जनाएको छ । 

त्यस्तै बैठकमा गृहमन्त्री रामबहादुर थापा बादलले राष्ट्रिय सभा सदस्य निर्वाचन विधेयक २०७५ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव, राष्ट्रियसभा सदस्य निर्वाचन विधेयक २०७५ प्रस्तुत गर्ने कार्यसूची छ । 

त्यस्तै कानुन न्याय तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामाङले संघीय संसदका महासचिव, प्रतिनिधिसभाका सचिव तथा राष्ट्रिय सभाका सचिवको पारिश्रमिक, सेवाको शर्त र सुविधा सम्बन्धि विधेयकमा विचार गरियो भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईले जानकारी दिए । 

त्यस्तै बैठकमा प्रतिनिधिसभा नियमावली, २०७५ को नियम २५० को उपनियम (१) बमोजिम नियम निलम्बनको प्रस्ताव प्रस्तुत हुनेछ । 

विनियोजन विधेयकमाथिको जारी छलफलका क्रममा बिहीबार अर्थमन्त्रालयका विभिन्न शीर्षकमाथिको छलफलमा उृठेका प्रश्नहरुको अर्थमन्त्री डा युवराज खतिवडाले जवाफ दिने कार्यसूचि तय गरिएको संघीय संसद सचिवालयले जनाएको छ । 

 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।