शुक्रबार, वैशाख ७, २०८१
  • गृहपृष्ठ
  • समाज
  • सरकार आफ्नै निर्णयमा टिकेन, अब भारतीय कामदारलाई पनि दस्तुर 

सरकार आफ्नै निर्णयमा टिकेन, अब भारतीय कामदारलाई पनि दस्तुर 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं- राजधानीबाट प्रकाशित बिहीबारका राष्ट्रिय दैनिक पत्रिकाहरुले विविध विषयलाई पहिलो प्राथमिकतामा पारेका छन् । 

कसैले सरकार विभिन्न विषयमा निर्णय गर्दै पछि हट्दै गएको विषयलाई मुख्य समाचार बनाएका छन् भने कसैले पूर्व–पश्चिम रेल ओझेलमा परेको विषयलाई प्राथमिकतामा पारेका छन् । 

आजको नागरिक दैनिकले आफ्नै निर्णयबाट पछि हट्दै सरकार शीर्षकमा मुख्य समाचार छापेको छ ।

उसले ठेकेदारमाथि कारबाही गर्ने विषयमा मन्त्री विभाजित हुँदा कारबाहीको निर्णय रोकिएको, यातायातको सिन्डिकेट अन्त्यको घोषणा गरेपनि कार्यान्व्यनमा ध्यान नदिएको, वैदेशिक रोजगारीमा सिन्डिकेट गर्ने संस्था खारेज गर्ने भनिए पनि काम नभएको र गैरसरकारी संस्थाहरुलाई कडाई गर्ने निर्णयबाट सरकार पछि हटेको विषयलाई उठान गर्दै सरकारले गर्ने निर्णय र कामको अवस्थाबारे उल्लेख गरेको छ । 

सरकारले सडक विस्तारको समय थपेसंगै सडक सास्ती अझै लम्बिएको विषयलाई मुख्य समाचार बनाएको आजको अन्नपूर्ण पोस्टले कांग्रेस सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल नजिकिएको भनि पहिलो पृष्ठमा खबर छापेको छ । 

पूर्व–पश्चिम रेल ओझेलमा परेको विषयलाई मुख्य समाचार बनाउँदै आजको नयाँ पत्रिकाले लेखेको छ– काम पूर्व–पश्चिम रेलको भएपनि चर्चा भने चिनियाँ रेलको भएको छ । ५ खर्ब लाग्ने अनुमान गरिएको पूर्व–पश्चिम रेलमार्गका लागि सरकारले चार अर्ब बिनियोजन गरेको छ । 

संसदीय समिति बन्न ढिलाई भएको विषयलाई प्राथमिकतामा पारेको आजको कान्तिपुर दैनिकले 'अबदेखि विदेशी कामदारलाई दस्तुर' शीर्षकमा मुख्य खबर छापेको छ ।

समाचारमा लेखिएको छ – भारतीय कामदारलाई बिनाअभिलेख र अन्य विदेशी कामदारलाई बिनाश्रम स्वीकृति काममा लगाए रोजगारदाताले दोब्बर दस्तुर बुझाउनुपर्ने भएको छ । सरकारले भारतीय कामदारलाई पहिलो पटक अभिलेखीकरण गर्न लगाएको हो । साथै भारतीय र अन्य कामदार राख्न इजाजतस्वरुप २० हजार रुपैयाँसम्म दस्तुर तोकेको छ ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।