जनकपुरधाम- घरेलु मदिरा सेवन गरेर धनुषामा चार जनाको ज्यान गएको छ।
धनुषाको कमला नगरपालिकाको सिंग्याही मडानमा विषाक्त मदिरा सेवन गर्दा वडा नम्बर ५ लक्कड बस्ने ४० वर्षीय रामनाथ पासवान, ५० वर्षीय रामचन्द्र पासवान, सिंग्याही मडान बस्ने ४५ वर्षीय साबिर अन्सारी र ३६ वर्षीय मणि पासवान ज्यान गएकोे जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक गोविन्द थपलियाले जानकारी दिए।
मदिरा सेवन गरेर गम्भीर बिरामी परेका जामुन पासवानको अवस्था पनि चिन्ताजनक रहेको प्रहरीले जनाएको छ।
गाउँका एकजना स्थानीय वैदेशिक रोजगारमा जानुपूर्व खसी काटेर गरेको भोजमा उनीहरुले मदिरा सेवन गरेको स्थानीयले बताएका छन् । मदिरा सेवन गरेका उनीहरु मंगलबार रातिदेखि सिकिस्त बनेका थिए । उनीहरुको बुधबार अपरान्ह मृत्यु भएको प्रहरीले जनाएको छ। घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४