बुधबार, वैशाख १२, २०८१

शरणार्थी समस्याका कारण जर्मन चान्सलरको पद धरापमा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
बर्लिन- शरणार्थी समस्याका कारण विवाद बढ्दै जाँदा जर्मन चान्सलर एन्जेला मर्केलको पद संकटमा परेको छ। मर्केल तीन महिनाअघि मात्र सोसल डेमोक्रेटिक पार्टीको सहयोगमा चौथो पटक चान्सलर बनेकी थिइन्। 

उनी २२ नोभेम्बर २००५ देखि निरन्तर जर्मनीको चान्सलर छिन्। बढ्दो शरणार्थी समस्याको विषयमा बुधबार उनले क्याबिनेटमै आफ्नै पार्टी तथा सहयोगी दलहरूको चर्को विरोधको सामना गर्नुपरेको छ। 

आगामी साता युरोपियन युनियनको सम्मेलनमा शरणार्थी समस्याको विषयलाई उठाउनुपर्ने तथा आफ्नो मुलुकको सीमामा थप कडाइ गर्नुपर्ने चर्को दबाब परिरहेको छ, मर्केलमाथि। 

शरणार्थी समस्याकै कारण मर्केल नेतृत्वको क्रिस्चियन समाजवादी पार्टी र सहयोगी सोसल डेमोक्रेटिक पार्टीबीचको ७० वर्ष लामो सहकार्य टुट्ने सम्भावना बढेको छ। 

मर्केलले लिएको शरणार्थीसम्बन्धी उदार नीतिका कारण सन् २०१५ यता मात्र एक लाख ६० हजारभन्दा बढी आप्रवासीले जर्मनीमा प्रवेश पाइसकेका छन्।

पछिल्लो समय युरोपका अन्य मुलुकमा रहेका शरणार्थी पनि जर्मनी प्रवेश  गर्न थालेपछि समस्या बढेको हो। आगामी साता हुने युरोपियन युनियनको बैठकबाट समस्या समाधान नभए आफ्नो समर्थन फिर्ता लिन बाध्य हुने सोसल डेमोक्रेटिक पार्टीले चेतावनी दिएको छ। -रोयटर्स
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।