शनिबार, वैशाख ८, २०८१

फरक-फरक दुर्घटनामा परी तीन जनाको मृत्यु, सात घाइते

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं- बाजुरा र पोखरामा भएको छुट्टाछुट्टै दुर्घटनामा परी तीन जनाको ज्यान गएको छ भने सात जना घाइते भएका छन् । 

बाजुराको त्रिवेणी नगरपालिका-४ पिपलसैन नजिकै से १ ग ९९९ नम्बरको जीप दुर्घटनामा परी दुर्इ जनाको ज्यान गएको हो भने छ जना घाइते भएका छन्। मृत्यु हुनेमा त्रिबेणि नगरपालिका १ का वडाअध्यक्ष खम्म नेपाली र एकजना महिलाको रहेका छन् । महिलाको सनाखत हुन सकेको छैन ।

बाम्काबाट छतारा जानेक्रममा बुधबार बेलुका साढे ७ बजे जिप दुर्घटना भएको र उद्धार कार्य चलिरहेको बाजुराका प्रहरी नायब उपरीक्षक सागर बोहराले जानकारी दिए । घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरी नायब उपरीक्षक बोहराले बताए।

त्यसैगरी पोखरा लेखनाथ महानगरपालिकाको मालेपाटन नजिकै विपरीत दिशाबाट आइरहेका मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । मृत्यु हुनेमा म्याग्दीकी वृन्दा आले रहेको कास्कीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक ओम रानाले जानकारी दिए । 

उनका अनुसार बुधाबार बेलुका ७:३५ बजे पोखरा लेखनाथ महानगरपालिकाको ० किलोमिटरबाट पर्स्याङतर्फ गइरहेको मोटरसाइकल र पर्सायाङबाट ० किलोमिटरतीर गइरहेको मोटरसाइकल ठोक्किदा दुर्घटना भएको हो । 

मोटरसाइकलसँगै ट्याङ्कर आइरहेकोले दुर्घटना भइरहेको एसपी रानाले बताए। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।