रुस- रुसमा जारी विश्वकप अर्न्तगत दक्षिण कोरिया र जर्मनी तथा मक्सिको र स्वीडेनबीचको प्रतिस्पर्धा शुरु भएको छ । समुह चरणका समुह चरणका अन्तिम खेलहरुमा समुह एफमा रहेका चार टोली नेपाली समय अनु्सार बुधबार ७:४५ बजे मैदान उत्रिएका हुन्।
दक्षिण कोरिया र जर्मनीबीचको खेल कजान स्टेडियममा र मक्सिको र स्वीडेनबीचको खेल इक्टेरिनबर्ग स्टेडियममा भइरहेको छ ।
समुह एफमा तीनवटै टोलीको नकआउट चरण पुग्ने सम्भावना जिवितै छ । मोक्सिकोलाई अन्तिम १६ मा पुग्न बराबरी नै पर्याप्त हुनेछ भने जर्मनी र स्विडेनलाई जितको विकल्प हुने छैन । दक्षिण कोरिया अंक विहिन हुदै प्रतियोगिताबाट बाहिरिसकेको छ ।
शीर्ष स्थानको मेक्सिकोको ६ अंक छ । दोस्रो स्थानको जर्मनीको ३ अंक छ । तेस्रो स्थानको स्विडेनको ३ अंक हुदाँ एक खेल अगावै प्रतियोगिताबाट बाहिरिएको साउथ कोरिया अंक विहिन छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४