शुक्रबार, वैशाख १४, २०८१

तोकियो स्थानीय तहका पदाधिकारीको तलब, कसको कति?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
जनकपुरधाम- प्रदेश नम्बर २ को स्थानीय तहका पदाधिकारी तथा सदस्यहरुले पाउने सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रदेशसभाको बैठकले पारित गरेको छ।
 
बुधबार बसेको प्रदेशसभा बैठकले स्थानीय तहका पदाधिकारी तथा सदस्यहरुको सुविधा तोक्न सरकारले पेश गरेको विधेयक पारित गरेको हो।

विधेयक पारित भएसंगै प्रदेश २ का महानगरपालिका प्रमुखले मासिक ४३ हजार ५ सय तलब, सञ्चार सुविधा वापत मासिक २ हजार, जिल्ला बाहिर दैनिक भ्रमण भत्ता २ हजार र विदेश भ्रमणको दैनिक भत्ता २ सय अमेरिकी डलर पाउने भएका छन्।

त्यसैगरी महानगरपालिकाका उपप्रमुखको मासिक तलब ४१ हजार ५ सय तोकिएको छ । उपप्रमुखलाई सञ्चार सुविधा मासिक २ हजार, दैनिक भ्रमण भत्ता २ हजार र विदेश भ्रमणमा दैनिक भत्ता १ सय ७५ अमेरिकी डलर दिइने छ।

प्रदेश २ ले महानगरपालिकाक वडा अध्यक्ष र कार्यपालिका सदस्यहरुको मासिक तलब २८ हजार तोकेको छ भने सभाका सदस्यहरुको मासिक तलब ७ हजार तय गरिएको छ । कार्यपालिका सदस्य र सभाका सदस्यहरुले सञ्चार सुविधा नपाउने भएका छन्।

प्रदेश सरकारले जिल्ला समन्वय समितिका प्रमुखहरुको तलब मासिक ४४ हजार, उपप्रमुखको ४२ हजार र सदस्यहरुको १० हजार मासिक तलब तोकेको छ। जिल्ला समन्वय समितिका अध्यक्षलाई सञ्चार सुविधा वापत २ हजार, उपप्रमुखलाई १ हजार ५ सय र सदस्यहरुलाई मासिक १ हजार उपलब्ध दिइने छ।

प्रदेश २ का उपमहानगरपालिका प्रमुखको ४१ हजार, उपप्रमुखको ३५ हजार र वडा अध्यक्ष तथा कार्यपालिका सदस्यहरुको मासिक तलब २५ हजार तोकिएको छ । उपमहानगरपालिका सभा सदस्यहरुको मासिक तलब ७ हजार तोकिएको छ।

नगरपालिकाका प्रमुखको मासिक तलब ३५ हजार, उपप्रमुखको ३१ हजार, वडा अध्यक्षको २२ हजार र कार्यपालिका सदस्यको २२ हजार तोकिएको छ भने सभाका सदस्यहरुले ७ हजार तलब पाउने भएका छन्।

यसैगरी गाउँपालिका अध्यक्षले ३१ हजार ५ सय, उपाध्यक्षले २७ हजार ५ सय, वडा अध्यक्षले २० हजार, कार्यपालिका सदस्यले २० हजार र सभाका सदस्यहरुले मासिक ७ सय पाउने भएका छन्।

 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।