बिहीबार, वैशाख ६, २०८१

बजेट त्रुटीपूर्ण रहेको स्वीकार, सांसदलाई अब डेढ करोड

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
जनकपुरधाम- प्रदेश २ को सरकारले आर्थिक वर्ष २०७५-७६ को लागि ल्याइएको बजेटप्रति आलोचना भइरहेको बेला सरकारका अर्थमन्त्री विजय यादवले बजेट त्रुटीपूर्ण रहेको स्वीकार गरेका छन्।
प्रदेशसभा बैठकमा बजेटमाथि सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै अर्थमन्त्री यादवले बजेट सन्तोषजनक नरहेको स्वीकार गरेका हुन् । मन्त्री यादवले दक्ष जनशक्तिको अभावमा बजेटमा त्रुटी हुन पुगेको बताए।

‘दक्ष जनशक्तिको कमीले बजेटमा पर्याप्त त्रुटी देखिएको छ,’ यादवले भने,‘गरिबी हटाउन तथा रोजगारीको अवसर बढाउने विषयलाई सरकारले प्राथमिकतामा राखेको छ।’

यसैबीच प्रदेश २ सरकारले निर्वाचन क्षेत्र पूर्वाधार विकास कोषको रकम दोब्बर गर्ने भएको छ । प्रदेशसभा सदस्यहरुको अत्याधिक दबाबका कारण सरकार रकम दोब्बर गर्न बाध्य भएको हो । यसअघि बजेटमा निर्वाचन क्षेत्र विकास सम्बन्धी दुई अलग–अलग शीर्षकमा ७५ लाख रुपैयाँ विनियोज गरिएको थियो । तर, अहिले यो रकम दोब्बर गरी डेढ करोड पुर्याउन लागिएको छ।

बजेटमा सरकारले स्थानीय तह प्रमुखसहितको समितिमार्फत ५० लाख र सांसदले प्राथमिकता अनुसार खर्च गर्न पाउने गरी २५ लाखसहित ७५ लाख रुपैयाँ विनियोजन गरिएको थियो।

अर्थमन्त्री यादवले १ अषाढमा बजेट प्रस्तुत गर्दा सत्तापक्ष र विपक्षी दलका सांसदले चर्को आलोचना गरेका थिए । सत्तापक्ष र विपक्षी दलका सांसदबाट दबाब बढ्दै गएपछि अन्य शीर्षकमा कटौती गरेर कोष दोब्बर बनाइएको हो।

निर्वाचन क्षेत्रको रकम थोरै भएको भन्दै प्रतिपक्षी नेपाली काँग्रेस र नेकपाले बजेट टेबुल हुननदिने भन्दै प्रदेशसभा बैठक अवरुद्ध गरेपछि कोषको रकम दोब्बर गर्ने भद्र सहमति भएको थियो । प्रदेशसभा बैठकमा बजेटमाथि लगातार तीन दिनदेखि छलफल चलिरहेको छ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।