शुक्रबार, वैशाख ७, २०८१

प्रदेश ७ का मुख्यमन्त्री अस्वस्थ

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
धनगढी-प्रदेश ७ का मुख्यमन्त्री त्रिलोचन भट्ट अस्वस्थ भएका छन् । भट्टलाई मंगलबारदेखि नै ज्वरो आउने, पेट र जिउ दुख्ने समस्या देखिएको उनको निजी सचिवालयले जानकारी दिएको छ । 

उपचारका लागि बुधवार बिहानै धनगढीको सेती अञ्चल अस्पतालमा लगिएको र त्यहा विशिष्ट व्यक्तिका लागि राम्रो वेडको व्यवस्था नहुदा आवासमै राखेर उपचार भइरहेको प्रमुख स्वकीय सचिव शिवसिं वलिले जानकारी दिए । 

‘मुख्यमन्त्री ज्यू विहानै अस्पताल पुग्नुभएको थियो,’ सेती अञ्चल अस्पतालका आकस्मिक कक्षका प्रमुख कृष्णबहादुर बोहराले भने, ‘अस्पतालमा राम्रो वेड नभएपछि उहाँकै निवासमा उपचार शुरु गरिएको छ ।’ 

बोहराले नै मुख्यमन्त्रीको उपचारका लागि  निवासमा गएका थिए । ‘चेकजाचको क्रममा ज्वरो आउने, पेट र जिउ दुख्ने समस्या देखिएको छ । रगत र पिसाव चेक गर्दा खासै समस्या नदेखिएको र उनलाई भाइरल ज्वरो भएको बोहराले बताए । 

भट्ट मंगलबार मात्रै गृह जिल्ला डोटी पुगेर फर्किएका थिए र उनलाई चिकित्सकले दुई दिन आराम गर्न सल्लाह दिएका छन् ।  

 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।