काठमाडौं-मुग्लिङ-नारायणगढ सडकखण्डको सडक केहीबेर अघिदेखि सञ्चालनमा आएको छ । बिहान पाँच बजेदेखि अबरूद्ध भएको सडक पौने ११ बजेदेखि सुचारु भएको हो ।
बाटो अवरूद्ध हुँदा धादिङको मलेखुदेखि चितवनको नारायणगढसम्म सवारी जाममा परेका छन् ।
मंगलबार कालीखोला र तीनकिलोबीचमा सिंगै डाँडो खसेर बाटो अवरुद्ध हुँदा झण्डै १२ घण्टा सवारी सञ्चालन हुन सकेको थिएन । बुधबार पनि तीनकिलोमै खसेको पहिरोले बिहान पाँच बजेदेखि सवारी जाममा परेका थियो ।
अघिल्लो दिनका सवारी पार नभइसकी फेरि बाटो अवरुद्ध हुँदा यात्रुहरु कष्टकर यात्रा गर्न बाध्य छन् ।
सरकारी निकाय रमिते जस्तै
यसैबीच बाटो खुलाउने विषयमा सरकारी निकाय धेरै सक्रिय नभएको यात्रुहरुले गुनासो गरेका छन् । सडकमा हजारौं यात्रु अलपत्र पर्दा पनि सडक विभाग तथा बाटो निर्माण आयोजनाले चासो नदेखाएको आरोप लगाएका छन् ।
सडकमा हजारौं यात्रु घण्टौं जाममा परेर सडकमा अलपत्र पर्दा सरोकारवाला निकायभने रमितेजस्तै बनेका छन् ।
पहिलो खसेपछि समयमै पहिरो पन्छाउन कर्मचारी नपुग्ने, काम गर्ने कर्मचारीले पनि पहिरो पन्छाउन लगाएपनि काम गरेको रोज तथा स्काभेटरमा प्रयोग भएको तेलको पैसा पनि नदिने गरेको गुनासो गरेका छन् ।
सडकमा भएको कामको प्रकृति देख्दा सम्बन्धित निकायबीच समन्वय पनि नभएको जस्तो देखिएको अलपत्र परेका यात्रुको गुनासो छ ।
मंगलबार संघीय संसदमा सम्बोधन गर्दै प्रतिपक्षी दलका नेता डा मिनेन्द्र रिजालले त्रिभुवन विमानस्थलमा विमान ट्राफिकमा फसेको कुरा उठाउँदा उनले त्रिशुलीको किनारमा हजारौ यात्रु समस्यामा पर्दा नदेखेको आरोप यात्रुहरुको छ ।
तर, घटनास्थलमा परिचालित प्रहरीले सक्रियताका साथ पहिलो हटाएका छन् । पहिरो हटाउन प्रयोग गरिने उपकरण कम भएकाले आफूहरु धेरै संकटमा परेको यात्रुहरुको गुनासो छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४