बुधबार, वैशाख १२, २०८१
  • गृहपृष्ठ
  • समाज
  • तुइन प्रकरणको छानबिनका लागि दार्चुला पुगेका गौतमले भने- जागिरको उत्तरार्द्धमा सम्झनलायक राम्रो काम होस् भन्ने चाहन्छु

तुइन प्रकरणको छानबिनका लागि दार्चुला पुगेका गौतमले भने- जागिरको उत्तरार्द्धमा सम्झनलायक राम्रो काम होस् भन्ने चाहन्छु

महाकाली तुइन प्रकरणको छानबिन गर्न पुगेका गृहमन्त्रालयका सहसचिव जनार्दन गौतमले निष्पक्ष छानबिनको प्रतिबद्धता जनाएका छन्।
 |  बुधबार, साउन २०, २०७८

भीम चौधरी

भीम चौधरी

बुधबार, साउन २०, २०७८

धनगढी- महाकाली तुइन प्रकरणको छानबिन गर्न पुगेका गृहमन्त्रालयका सहसचिव जनार्दन गौतमले निष्पक्ष छानबिनको प्रतिबद्धता जनाएका छन्।

triton college

छानबिन समितिका संयोजकसमेत रहेका गौतमले तुइन तर्ने क्रममा महाकालीमा बेपत्ता भएका जयसिंह धामीको घटनाको निष्पक्ष ढंगले छानबिन गरेर घटनाको सत्यतथ्य बाहिर ल्याउने बताए।

दार्चुला सदरमुकाम खलंगामा पत्रकार र मानवअधिकारकर्मीले राखेको जिज्ञासाको जवाफ दिँदै संयोजक गौतमले कसैको डर नमानेर घटनाको निष्पक्ष छानबिन गरेर प्रतिवेदन बाहिर ल्याउन भरपुर प्रयास गर्ने बताए।

‘हामी जागिरको उत्तरार्द्धमा छौँ’, छानबिन समितिका सदस्यहरुलाई देखाउँदै संयोजक गौतमले भने, ‘सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्सना भट्टबाहेक हामी सबै जागिरको उत्तरार्द्धमा छौं, हामीलाई कुनै पनि डर त्रास छैन। हामीले एकदम निष्पक्ष रुपमा छानबिन गरेर प्रतिवेदन बाहिर ल्याउने प्रयास गर्नेछौँ।’

उनले यसका लागि पर्याप्त सूचना चाहिने र प्राप्त सूचना विश्लेषण गरेर निष्कर्ष निकालिने बताए। ‘सत्य सूचना प्राप्त गर्न सकुँ भनेर हामीले प्रत्यक्षदर्शीसँग गहन छलफल गरेका छौं गौतमले भने, ‘उहाँहरुले हामीसँग खुलेर छलफल गर्नुभएको छ।’ हामीले घटना पारदर्शी गर्न नचाहेको भए तपाइँहरुसँग, प्रत्यक्ष दर्शीहरुसँग, राजनीतिक दलका प्रतिनिधिहरुसँग, पीडितहरुसँग छलफल नै गर्दैनथ्यौँ’, गौतमले भने, ‘जागिरको उत्तरार्द्धमा एउटा सम्झनलायक राम्रो काम होस् भन्ने चाहन्छु।’ उनले सहभागी पत्रकार, मानवअधिकारकर्मीलाई प्रत्यक्षदर्शीको सुरक्षाको सवालमा जिल्ला सुरक्षा समिति अत्यन्त संवेदनशिल भएको बताए। 

corrent noodles
Metro Mart

छानबिन समितिले बुधबार के के गर्‍यो?

घट्नाबारे छानबिन गर्न काठमाडौंबाट मंगलबार साँझ दार्चुला सदरमुकाम खलंगा पुगेको छानबिन टोलीले बुधबार पत्रकारहरुसँग घटनाका विषयमा छलफल गरेको हो।

छानबिनका लागि आवश्यक सूचना तथा प्रमाण संकलन गर्न घटनास्थल जानुपूर्व  टोलीले जिल्लास्थित पत्रकार, मानव अधिकारकर्मी, राजनीतिक दल र ब्याँस गाउँपालिकाका जनप्रतिनिधिहरुसँग छलफल गरेको हो। 

टोलीले घटनाका प्रत्यक्षदर्शी तीन जनासँगसमेत गहिरो सोधपुछ गरेको जनाएको छ। प्रत्यक्षदर्शी कल्यान सिंह धामी, अनिता धामी र विक्रम सिंह रङकोलीसँग घटनाको वास्तविकता बारेमा सोधपुछ गरेको बताइएको छ।

प्रकाशित: Aug 04, 2021| 20:37 बुधबार, साउन २०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।