शनिबार, वैशाख ८, २०८१
  • गृहपृष्ठ
  • राजनीति
  • क्रियाशील विवाद तीन दिनभित्र टुंगो लगाउने कांग्रेस नेताहरुको सहमति

क्रियाशील विवाद तीन दिनभित्र टुंगो लगाउने कांग्रेस नेताहरुको सहमति

नेपाली कांग्रेसका शीर्ष नेताहरुबीच तीन दिनभित्र क्रियाशील सदस्यतासम्बन्धी विवाद टुंगो लगाउने सहमति भएको छ।
 |  बुधबार, साउन २०, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, साउन २०, २०७८

काठमाडौं- नेपाली कांग्रेसका शीर्ष नेताहरुबीच तीन दिनभित्र क्रियाशील सदस्यतासम्बन्धी विवाद टुंगो लगाउने सहमति भएको छ।

triton college

सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडल र नेता कृष्णप्रसाद सिटौलाबीच बुधबार भएको छलफलमा क्रियाशील सदस्यताका सम्बन्धमा पार्टीमा देखिएको विवाद ३ दिनभित्र समाधान गर्ने गरी छलफललाई निरन्तरता दिने सहमति भएको हो। 

सभापति देउवाको बूढानीलकण्ठस्थित निवासमा बसेको बैठकमा बुधबार अन्य पार्टीबाट प्रवेश गरेका नेता, कार्यकर्ताहरुलाई कसरी क्रियाशील सदस्यता वितरण गर्ने? भन्ने सम्बन्धमा केन्द्रित भएर छलफल सुरु गरिएको क्रियाशील सदस्यता छानबिन समितिका संयोजकसमेत रहेको नेता रमेश लेखकले जानकारी दिए।

‘अरु पार्टीबाट प्रवेश गरेका नेता, कार्यकर्ताहरुको सम्बन्धमा नेपाली कांग्रेसको क्रियाशील सदस्यता कसरी दिने भन्ने विषयमा केन्द्रित भएर छलफल सुरु गरिएको छ।’ संचारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै लेखकले भने, ‘शीर्ष नेताहरुको छलफलले निरन्तरता पाउँछ र दुईतीन दिनभित्र टुंगिन्छ।’

बैठकमा नेताहरुबीच पार्टीको आसन्न १४औं महाधिवेशनको कार्यतालिका पनि २ दिनभित्र टुंगो लगाउने विषयमा कुराकानी भएको छ। महाधिवेशनको कार्यतालिका अहिले नै प्रभावित भइहाल्यो भन्न नमिल्ने उल्लेख गर्दै नेता लेखकले शीर्ष तहमा यसको टुंगो दुई दिनभित्र लगाउने गरी छलफल भइरहेको बताए। 

corrent noodles
Metro Mart

नेपाली कांग्रेसको आसन्न १४औं महाधिवेशन भदौ १६-१९ गते काठमाडौंमा गर्ने तय गरिएको छ। तर स्थानीय तहको अधिवेशनको कार्यतालिका प्रभावित भएकाले महाधिवेशनको मिति पनि सर्ने हो कि भन्ने आशंका बढेको छ।

प्रकाशित: Aug 04, 2021| 19:48 बुधबार, साउन २०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...