बिहीबार, वैशाख १३, २०८१

सीताको  थप उपचारले प्रचण्डको सिंगापुर बसाई लम्बियो

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौ–नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालको सिंगापुर बसाई एकसाता लम्बिने भएको छ । पत्नी सीतालाई अझै एक साता अस्पतालमा राखेर उपचार गर्नुपर्ने भएकाले प्रचण्डको सिंगापुर बसाई लम्बिएको हो । 

स्वास्थ्यमा समस्या आएपछि प्रचण्ड पत्नीलाई लिएर उपचारका लागि गत असार तीन गते राति प्रचण्ड दम्पती सिंगापुर गएको थियो । 

सिंगापुरको एमपी एलिजाबेथ अस्पतालमा सीताको स्वास्थ्य उपचार भइरहेको छ । पिता प्रचण्डसँगै सिंगापुर गएकी पूत्री गंगा मंगलबार स्वदेश फर्किएकी छिन् । 

स्वदेश फर्किएलगत्तै सामाजिक सञ्जालमार्फत गंगाले आमा सीताको अस्पतालमा वाटर थेरापी भइरहेको र चिकित्सकको निगरानीमा औषधी सेवन गर्ने काम जारी रहेको बताएकी छन् । 

‘ममिको उपचारका लागि सिंगापुर पुगेर नेपाल फर्किएको छु । वाटर थेरापी र डाक्टरको प्रत्यक्ष निगरानिमा औषधि सेवन गर्ने सल्लाह अनुसार अझै एक हप्ता त्यहीँ बसेर उपचार गर्ने र अहिले ममीको स्वास्थ्यमा निकै सुधार आएको छ । देशको राजनीति र व्यस्तताका बाबजूद पनि ममिको स्वास्थ्य र मनोविज्ञानलाई ख्याल गरेर बुवा उपचार सकेरै एक हप्तापछि नेपाल फर्कनु हुनेछ’, गंगाले फेसबुक वालमा लेखेकी छन् । 



उनले आफ्नी ममिको स्वास्थ्य र परिवारप्रतिको चिन्ता, चासो र शुभेच्छा राख्नुहुने सबैमा आभार व्यक्त गरेकी छन् । 

प्रचण्ड ८ असारमा फर्किने कार्यक्रम थियो। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।