बिहीबार, वैशाख १३, २०८१
  • गृहपृष्ठ
  • समाज
  •  धर्मभक्त अंग प्रत्यारोपण केन्द्रका नर्सहरु माथि यौन हिंसा 

 धर्मभक्त अंग प्रत्यारोपण केन्द्रका नर्सहरु माथि यौन हिंसा 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं- युथ नर्स संजाल नेपालले मानवअंग प्रत्यारोपण केन्द्र हाल धर्मभक्त अंग प्रत्यारोपण केन्द्रमा नर्सहरु माथि अन्याय गरिएको अरोप लगाएको छ । 

रिपोर्टस क्लबमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा केन्द्रमा भएको विकृतिबारे जानकारी दिँदै नर्सहरुले आफूहरुलाई शारीरिक र मानसिक यातना दिइने गरेको आरोप लगाए । 

पीडित नर्स त्रजिना जतीले भक्तपुरको दूधपाटीमा रहेको धर्मभक्त अंग प्रत्यारोपण केन्द्र प्रशासनले नर्सहरुमाथि सबै खाले शोषण गरेको आरोप लगाइन् ।

१८ महिनासम्म स्वयम् सेवकको रुपमा काम गरेका नर्सहरुलाई आन्तरिक प्रतिस्पर्धाबाट जागिर दिलाइयोस भन्ने माग राख्दा प्रशासनले दमन गर्न थालेको युथ नर्स संजाल नेपालकी अध्यक्ष सजना द्योलाले बताइन् ।

लामो समय स्वयम् सेवकको रुपमा काम लगाइएका नर्सहरुलाई जागिरको व्यवस्था गर्न आग्रह गरेका कारण शुरु भएको विवादले अहिले उग्र रुप लिएको छ । 


‘नर्सहरुप्रति गरिएको अभद्र व्यवहार, मानसिक यातना, कार्यस्थलमा हिंसा, कुटपिट जस्ता अपराध गर्ने गराउने व्यक्ति तथा संस्था र हकअधिकारको लागि पेशागत संघ संस्थाहरुबाट गरिएको अमानवीय चरित्र दमन, शोषण आरोप प्रत्यारोपको घोर भत्र्सना गर्दछौँ,’ युथ नर्स संजाल नेपालले जारी गरेको विज्ञप्तिमा भनिएको छ । 

आफ्ना समस्याबारे नेपाल नर्सिङ संघलाई जानकारी गराई समाधान गर्न आग्रह गर्दा पनि कुनै सुनुवाइ नभएको पत्रकार सम्मेलनमा सहभागि नर्सहरुको गुनासो छ । संघकी अध्यक्ष तारा पोखरेलले नर्सहरुलाई नै उल्टै अनावश्यक आरोप लगाएर थप पीडा दिएको नर्सहरुले बताएका छन् ।

समस्याका बारेमा स्वास्थ्य मन्त्रालयमासमेत औपचारिक रुपमा गुनासो गरिए पनि वेवास्ता गरिएको उनीहरुको दाबी छ । 

संघ र मन्त्रालय मिलेर उल्टै दोषीलाई उन्मुक्ति दिने र नर्सहरुलाई अन्यायमा पार्ने काम भएको युथ नर्स संजाल नेपालकी अध्यक्ष सजना द्योलाको आरोप छ । 

‘मैले गालामा झापडसमेत खानुपर्यो । मानसिक र शारीरिक रुपमा पीडा दिइयो । छानबिन गर्छु भनियो तर गरिएन,’ पीडित नर्स जतीले भनिन् । 

समस्या समाधान गर्नुको साँटो राजनीतिक रंग दिएर आफूहरुलाई भौतिक कारबाही गर्ने धम्की दिइएको उनको दाबी छ । जतिले भनिन्-‘मलाई अहिले लागिरहेको छ, किन यो पेशा रोजेँ । तर म हारेको छैन । न्याय नपाएसम्म लडिरहन्छु । मर्नतयार भइसकेको छु ।’

उनले नर्स पेशामा हुने गरेको सबैखाले विकृति र अन्यायको अन्त्य नभएसम्म लडाई जारी राख्ने बताएकी छिन् । 

जतीले रुँदै भनिन्, ‘म त पीडित भएँ । अब यो पेशाको सबै विकृति अन्त्य होस भनेर लडिरहेको छु । माग पूरा नभए आमरण अनशनमा बस्छौँ ।’

समस्याबारेमा नेपालनर्सिङ संघ पूर्ण रुपमा जानकार भए पनि माग पूरा गराउने सवालमा उल्टै नर्सहरुको विपक्षमा लागेको पीडित नर्सहरुले बताएका छन् ।





 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।