बिहीबार, वैशाख ६, २०८१
  • गृहपृष्ठ
  • समाज
  • ‘जीवित संग्रहालय’ प्रहरी एकेडेमी नमास्न प्रधानमन्त्रीलाई अनुरोध

‘जीवित संग्रहालय’ प्रहरी एकेडेमी नमास्न प्रधानमन्त्रीलाई अनुरोध

नेपाल प्रहरीका पूर्व महानिरीक्षकहरुले राष्ट्रपतिको कार्यालय विस्तार गर्ने नाममा प्रहरी एकेडेमी (राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान) सार्ने र जग्गा अन्यत्र निकायमा हस्तान्तरण गर्ने निर्णय खारेज गर्न माग गर्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाएका छन्।
 |  बुधबार, साउन २०, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, साउन २०, २०७८

काठमाडौं- नेपाल प्रहरीका पूर्व महानिरीक्षकहरुले राष्ट्रपतिको कार्यालय विस्तार गर्ने नाममा प्रहरी एकेडेमी (राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान) सार्ने र जग्गा अन्यत्र निकायमा हस्तान्तरण गर्ने निर्णय खारेज गर्न माग गर्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाएका छन्।

triton college

नेपाल प्रहरीका १५ जना पूर्व प्रहरी महानिरीक्षकहरुले प्रतिष्ठानको ऐतिहासिक पहिचान मेटिने गरी निर्णय भएको भन्दै ज्ञापनपत्र बुझाएका हुन्।

निवर्तमान केपी ओली सरकारले प्रहरी प्रशिक्षण प्रतिष्ठानको जग्गाको स्वामित्व राष्ट्रपति कार्यालयलाई हस्तान्तरण गर्ने गरी भएका कामकारबाहीबाट नेपाल प्रहरीको संस्थागत विकासको महत्वपूर्ण आधारशिला एवम् जीवित संग्रहालयको अस्तित्व मासिने चिन्ता पूर्व प्रहरी प्रमुखहरुको छ। प्रधानमन्त्री देउवालाई बुधबार बुझाएको ध्यानाकर्षण पत्रमा ऐतिहासिक पहिचान बोकेको तथा प्रहरीको व्यवसायिकताको उद्गम थलोको रुपमा स्थापित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको इतिहास नामेट पार्ने कार्य रोकिनुपर्ने उल्लेख छ।

नेपाल प्रहरी पूर्व संगठन प्रमुख मञ्चको तर्फबाट पूर्व प्रहरी महानिरीक्षकहरु दुर्लभ कुमार थापा, मोतीलाल बोहोरा, अच्युतकृष्ण खरेल, ध्रुब बहादुर प्रधान, प्रदीप शमशेर राणा, श्यामभक्त थापा, ओमविक्रम राणा, हेमबहादुर गुरुङ, रमेशचन्द ठकुरी, रवीन्द्र प्रताप शाह, कुबेर सिंह राना, उपेन्द्रकान्त अर्याल, प्रकाश अर्याल, सर्वेन्द्र खनाल र ठाकुर प्रसाद ज्ञवालीले ज्ञापनपत्र बुझाएका हुन्। उनीहरुले पूर्ववर्ती सरकारको निर्णय यथाशीघ्र खारेजीको माग गरे।

राष्ट्रपति कार्यालय विस्तार गर्न केपी ओली नेतृत्वको सरकारले २०७५ भदौ २१ गते नेपाल प्रहरीअन्तर्गत रहेको महाराजगञ्जस्थित नेपाल प्रहरीको एकेडेमी अन्यत्रै सार्ने र त्यसले चर्चेको ११४ रोपनी ३ आना जग्गा राष्ट्रपति कार्यालयको नाममा हस्तान्तरण गर्ने निर्णय गरेको थियो। उक्त निर्णय कार्यान्वयनका लागि प्रशासनिक आदेश भई प्रक्रिया अघि बढेको छ। यो निर्णय दूरगामी नकारात्मक असर पुर्‍याउने खालको रहेको दाबी ज्ञापनपत्रमा छ। यो ठाउँ प्रारम्भमा सदर पुलिस तालिम केन्द्रका रुपमा स्थापना भई हालको स्वरुपमा विकास भएको हो। राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका रुपमा स्तरवृद्धि गरी नामाकरणसहितको स्मारक स्तम्भको विधिवत् उद्घाटन तत्कालीन गृहमन्त्रीको हैसियतमा हाल प्रधानमन्त्री रहेका शेरबहादुर देउवाले गरेका थिए।  

corrent noodles
Metro Mart

हाल भारत सरकारको सहयोगमा काभ्रेको पनौतीमा प्रहरी एकेडेमी निर्माणको काम अघि बढेको छ। व्यक्तिहरुको सहज उपलब्धता र अन्य व्यवस्थापकीय दृष्टीकोणले पनि पनौतीमा निर्माण हुने प्रहरी प्रशिक्षण प्रतिष्ठानमा व्यवस्थापन गर्न अत्यन्त कठिन हुने पूर्व प्रहरी प्रमुखको भनाइ छ। ‘केवल आवासीय एवं आधारभूत प्रकृतिका प्रहरी प्रशिक्षण कार्यक्रमहरु सञ्चालनका लागि मात्र उपयुक्त देखिएको सो स्थानमा नेपाल राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको आधाभूत तथा आवसीय प्रशिक्षण महाशाखा स्थानान्तरण गर्न उपयुक्त हुने देखिन्छ,’ ज्ञापनपत्रमा उल्लेख छ। यस विषयमा गम्भीरतापूर्वक सुनुवाइ गर्न उनीहरुले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन्।

प्रकाशित: Aug 04, 2021| 18:45 बुधबार, साउन २०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।