शुक्रबार, वैशाख ७, २०८१
  • गृहपृष्ठ
  • समाज
  • लक्ष्मी इन्टरकन्टिनेन्टलले ल्यायो इलाइट आई–२० फेसलिफ्ट

लक्ष्मी इन्टरकन्टिनेन्टलले ल्यायो इलाइट आई–२० फेसलिफ्ट

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं- नेपालका लागि हुन्डाई मोटर्सको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले बहुप्रतिक्षित इलाइट आई–२० फेसलिफ्ट २०१८ बजारमा ल्याएको छ। यो हुन्डाईको सबैभन्दा बढी रुचाइएको मोडेल हो। 

यस मोडेलका फिचरहरूमा मुख्य अपग्रेड गरिएको छ, जसले ग्राहकको हरेक अपेक्षालाई पूरा गर्न कम्पनीको दाबी छ। यो मोडेल स्पोर्ट्ज र अस्टा भेरियन्टमा उपलब्ध छ।

फ्रन्ट ग्रिल भएको क्यासकेड डिजाइनलाई कायमै राखिएको छ, जुन कुनातर्फ पूरै तन्किएको हुन्छ। फग र हेडल्याम्पहरूका साथै डीआरएलएस पनि अपग्रेड गरिएको छ। 

पछाडिपट्टि, लाइसेन्स प्लेट बम्परबाट टेलगेटमा सारिएको छ। बजारको हालको मागलाई मध्यनजर गरेर परिवर्तनहरूलाई झट्ट हेर्दा नदेखिने गरी बनाइएको छ। ब्रान्डको पहिलेदेखि रुचाइएको स्वरूप र प्रिमियम आवरणलाई उजागर गर्ने त्यसको उद्देश्य हो। 

सुरक्षाको मापदण्डअनुरूपमा एबीएस र एयरब्याग दुवै भेरियन्टमा उपलब्ध छ। अस्टामा पछाडि देखिने क्यामेराको साथ पछाडिका लागि पार्किङ सेन्सर पनि छ। उत्कृष्ट र सफा डिस्प्लेका लागि अझ राम्रो टच भएको यसको इन्फोटेन्मेन्ट सिस्टम सात इन्चमा अपग्रेट भएको छ। 

यसले कारप्ले, एन्ड्रोइड अटो र मिरर लिंकको माध्यमबाट अर्कामिज साउन्ड र स्मार्टफोनसँग कनेक्ट भएर सिनेमाको अनुभूति प्रदान गर्छ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।