काठमाडौं- गृहमन्त्री उपस्थित भएपछि प्रतिनिधिसभाको बैठक पुन: शुरु भएको छ ।
विनियोजन विधेयकमाथिको छलफलमा गृहमन्त्री अनुपस्थित रहेका कारण प्रमुख प्रतिपक्षी दल कांग्रेसले संसद बैठक अवरुद्ध गरेको थियो । सोही कारण सभामुखले १० मिनटका लागि बैठक स्थगित गरेका थिए । उक्त विधेयकमाथिको छलफलमा सोमबार ऊर्जा, जलस्रोत र सिँचाइ, परराष्ट्र तथा गृह मन्त्रालयमाथि छलफल गर्ने कार्यसूची छ ।
गृहमन्त्री रामबहादुर थापा छलफलमा उपस्थित नभएको जनाउँदै कांग्रेस सांसदहरूले आसनबाट उठेर बैठक अवरुद्ध गरेका थिए ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४