शुक्रबार, वैशाख ७, २०८१

कांग्रेस सभापति देउवाले यसरी मनाए सौराहामा छुट्टी

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं- उमेरले ७३ वर्ष टेकेका कांग्रेस सभापति शेरबहादुर देउवा तनावै तनावमा छन् । पार्टीले इतिहासमै कमजोर प्रदर्शन गरेको छ, निर्वाचनमा । त्यसमाथि चुनावमा पराजयको दोष आफैंमाथि आइरहँदा देउवाको तनावको पारो चढ्ने नै भयो । 

तर, ५–८ असारमा भएको पार्टीका जिल्ला सभापतिहरूको भेलापछि देउवाले केही राहत महशुस गरेका छन् । छिट्टै महासमिति बैठक बोलाएर पार्टीका सबै विवाद समाधान हुने विश्वास त्यस भेलाको समापनमा देउवाले दिएको अभिव्यक्तिबाट पनि प्रतिविम्बित हुन्थ्यो । 

सोही कारण भेला सकिएपछि उनी सीधा चितवनतिर हानिए । र, दुई रात पर्यटकीय क्षेत्र सौराहाको एक होटेलमा बिताएर १० असारमा काठमाडौं फर्किए । 

जिल्ला सभापतिहरूको हेटौंडा भेलाको क्रममा उनी दैनिक १५ घण्टाभन्दा बढी क्रियाशील देखिन्थे । भेलामा आएका गुनासा, आलोचना र विरोधका कारण पनि उनको शरीरले आराम खोज्नु स्वाभाविकै थियो । 

'उहाँको सौराहा बसाइ नितान्त व्यक्तिगत हो,' देउवाका एक सहयोगीले नेपाल समयसँग भने, 'पार्टी काममा पछिल्लो समय अलिक धेरै व्यस्त भएका कारण आराम गर्न सौराहा जानुभएको हो।'

सौराहा बसाइमा उनले परिवारका सदस्यहरूलाई बोलाएनन् । लामो समयदेखि निजी सहयोग रहँदै आएका भतिजा भानु देउवा र सञ्चार सहयोगी गोविन्द परियारलाई मात्र साथमा लगेका थिए । 

पत्नी डा. आरजु राणालाई समेत सौराहा लगेका थिएनन् । कांग्रेस चितवन सभापति जीतनारायण श्रेष्ठलाई पनि खबर गरेनन् । तर, उनी त्यहाँ रहेको थाहा पाएका श्रेष्ठ र केही कार्यकर्ता देउवालाई भेट्न गएका थिए। 

त्यसो त, त्यस भेलामा आफूमाथि आलोचना हुने अन्दाज देउवालाई पहिले नै नभएको होइन । त्यसै पनि, कांग्रेसका ४५ जिल्ला सभापतिहरू हालको संस्थापन पक्ष इतरका छन् । उनीविरुद्ध आक्रोशको पारो कति चढेको थियो भने सात वटा समूह बनाएर छलफल गराउने प्रयास पनि जिल्ला सभापतिहरूले विफल बनाइदिएका थिए । 

भेलामा आफ्नै पक्षका सभापतिहरूमध्ये सबैले बचाउ नगरेकामा देउवा निराश देखिएका थिए । खासगरी, आफ्नो अधिकार केन्द्रले खोसेकामा अधिकांश जिल्ला सभापति असन्तुष्ट देखिएका थिए । 
आफूविरुद्धको आलोचना र आक्रोश कम गर्न देउवाले बन्दसत्र छोट्याउने प्रयास पनि नगरेका होइनन् । तर, लामो समयदेखि आफ्नो पीडा र कुण्ठा पोख्न नपाएका सभापतिहरू मान्ने पक्षमा थिएनन् । 

आफूविरुद्धका आरोप खण्डन गर्ने अवसर भने सभापति देउवाले चुकाएनन् । सोही कारण भेलाको मिति एक दिन थप गरियो । अन्तिममा भेलालाई 'र्‍याप अप' गर्दै देउवाले केही कुरामा आफूबाट त्रुटि भएको स्वीकारोक्ति दिए । 

खासगरी, जिल्ला सभापतिहरूको अधिकार खोस्न नहुने महशुस भएको बताए । आफूविरुद्ध एकोहोरो विरोध आइरहेको सन्दर्भमा जिल्ला सभापतिहरू माझ आफ्ना पनि कुरा राख्न पाएकामा देउवाले हलुका महशुस गरेको निकटस्थ कांग्रेस नेताहरू बताउँछन् । 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।