शनिबार, वैशाख ८, २०८१
  • गृहपृष्ठ
  • समाज
  • रेलबारे प्रधानमन्‍त्री नै अस्पष्ट, २ महिनाको खर्च ३ दिनमा

रेलबारे प्रधानमन्‍त्री नै अस्पष्ट, २ महिनाको खर्च ३ दिनमा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं- राजधानीबाट प्रकाशित सोमबारका राष्ट्रिय दैनिक पत्रिकाहरुले फरक–फरक विषयलाई पहिलो प्राथमिकतामा पारेका छन् । 

कसैले प्रधानमन्त्री केपी ओली ६ दिने चीन भ्रमण सकेर स्वदेश फर्किको विषयलाई मुख्य समाचार बनाएका छन् भने कसैले असारे विकासका कारण २ महिनाको खर्च ३ दिनमै सकेको विषयलाई पहिलो खबर बनाएका छन् ।

केहि पत्रपत्रिका एसईईको रिजल्टमा भएको त्रुटिका कारण दुई पटक नजिता प्रकाशन गर्दा हजारौं विद्यार्थीको नतिजा फेरिएको विषयलाई प्राथमिकतामा पारेका छन् । 

नागरिक दैनिक र कारोबारले प्रधानमन्त्री चीन भ्रमण सकेर स्वदेश फर्किएको विषयलाई मुख्य साचार बनाएका छन् । नागरिकले 'सी नेपाल आउन इच्छुक' शीर्षकमा खबर छापेको छ ।

उसले लेखेको छ–उत्तरी छिमेकी मुलुक चीन भ्रमण गरि आइतबार स्वदेश फर्किएका प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ राष्ट्रपति  सी जिनपिङ नेपाल भ्रमण गर्न इच्छुक रहेको बताएका छन् । राष्ट्रपति सीको नेपाल भ्रमण चाँडै हुने अपेक्षा आफूले राखेको पनि उनले बताए । 

कारोबारले भने 'केरुङ–काठमाडौं रेलबारे प्रधानमन्त्री नै अस्पष्ट' शीर्षकमा खबर लेखेको  छ ।

उले समाचारमा लेखेको छ – काठमाडौंसम्म चिनियाँ रेल ल्याउने प्रारम्भिक सहमति भए पनि यसमा लगानी कसले गर्ने र कहिलेसम्म निर्माण गरिसक्ने भन्नेमा झन अन्योल देखिएको छ । चिनियाँ रेलको चुनावी नाराले लोकप्रिय बनेका प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो पुरानो अडानबाट पछाडी फर्केका छन् ।

हरेकजसो सार्वजनिक कार्यक्रममै दुई वर्षभित्र केरुङबाट काठमाडौंमा रेल ल्याउने अभिव्यक्ति दिँदै आएका ओली आइतबार स्वदेश फर्किने क्रममा विमानस्थलमा भने चिनियाँ रेलको सम्बन्धमा भने भावनात्मक कुरा गर्दै पन्छिए ।  

आजको कान्तिपुरले भने असारे विकासको विकृत रुपलाई चित्रण गरेको छ । उसले 'असारे विकासः २ महिनाको खर्च ३ दिनमै' शीर्षकमा मुख्य समाचार छापेको छ ।

उसका अनुसार– सरकारले आर्थिक वर्षको सुरुवाती दुई महिनामा खर्च गरेजति बजेट असारको तीन दिनमै सकेको छ । महालेखा नियन्त्रकको कार्यालयका अनुसार चालु आर्थिक वर्षको दुई महिनामा (साउन र भदौ) सम्मको पुँजीगत खर्च ४ अर्ब २७ करोड १४ लाख १२ रुपैयाँ हो । आर्थिक वर्षको अन्तिम महिना असार लागे लगतैका तीन दिन ३,४ र ५ गतेको खर्च त्यो भन्दा बढि अर्थात ४ अर्ब ३७ करोड ७६ लाख रुपैयाँ सकिएको छ । 

यस्तै कान्तिपुरले २३ डेरीका दूधमा कोली फर्म भेटिएको विषयलाई पनि महत्वका साथ पहिलो पृष्ठमा छापेको छ । एसईई नजिजा दुई पटक प्रकाशित हुँदा २४ घण्टा पछि विद्यार्थीको नतिजा अर्कै हात परेको विषयलाई कान्तिपुर र नयाँ पत्रिकाले पहिलो पृष्ठमा स्थान दिएका छन् । 

अन्नपूर्ण पोस्टले भने द्वन्द्वकालीन घटनामा संलग्न पीडकको सजाय खुकुलो पार्दै सरकारले मेलमिलापमुखी कानुन ल्याउने तयारी गरेको विषयलाई मुख्य समाचार बनाएको छ । उसले उखु खरिद गरेपछि भुक्तानी नदिने उद्योगीलाई पक्राउ गर्न भनि गृहमन्त्रालयले दिएको आदेशलाई पनि प्राथमिकताका साथ छापेको छ। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।