शुक्रबार, वैशाख १४, २०८१

दैनिक दुई करोडको केक खान्छ काठमाडौं, बजार छोप्दै ओहो

सहरी क्षेत्रमा रहेका धेरै केक उद्योगमध्ये एउटा हो, ओहो केक। यो उद्योग सञ्चालनमा आएको ६ महिना मात्र भएको छ। सुरुवाती दिनमा १० देखि १२ वटा केकको अर्डर आउने गरेकोमा अहिले दैनिक ७० देखि ८० वटासम्म केकको अर्डर आउने गरेको उद्योग सञ्चालक दिव्यश गिरी बताउँछन्।
 |  बुधबार, साउन २०, २०७८

प्रेम चन्द

प्रेम चन्द

बुधबार, साउन २०, २०७८

काठमाडौं– अचेल जन्मदिनमा मात्रै होइन कुनै रमाइलो अवसर, पारिवारिक जमघट र उत्सवमा पनि केक काट्ने चलन व्यापक हुँदै छ। गर्भवती महिलालाई ‘दहीचिउरा’ खुवाउने ‘बेबी सावर’ मनाउँदा होस् वा कुनै संस्थाको वार्षिकोत्सव मनाउँदा केक अनिवार्य छ। सहरसँग जोडिएका सुगम बस्तीमा पनि केक संस्कृति बढ्दै गएको छ। व्यवसायीका अनुसार केकको सबैभन्दा ठूलो बजार काठमाडौं हो। 

triton college

काठमाडौं उपत्यकामा कति केक खपत हुन्छ भन्ने आधिकारिक तथ्यांक भने व्यवसायीसँग छैन। उनीहरूका अनुसार काठमाडौंमा दैनिक लगभग दुई करोड रुपैयाँको केक खपत हुन्छ। केक व्यवसायी दिव्यश गिरी भन्छन्, ‘केकको माग हेर्दा राजधानीमा दैनिक करिब दुई करोड रुपैयाँको केक खपत हुने प्रारम्भिक सर्वेक्षण गरेका छौं।’ 

केकको मागसँगै उत्पादकको संख्या बढेकाले पनि यसको खपत बढिरहेको छ। यद्यपि माग र बजार बढे पनि केक उत्पादनमा विविधता भने हुन सकेको छैन। पछिल्लोपटक ओहो केकले बजारको माग सम्बोधन गरिरहेको छ। सहरी क्षेत्रमा रहेका धेरै केक उद्योगमध्ये एउटा हो, ओहो केक। यो उद्योग सञ्चालनमा आएको ६ महिना मात्र भएको छ। सुरुवाती दिनमा १० देखि १२ वटा केकको अर्डर आउने गरेकोमा अहिले दैनिक ७० देखि ८० वटासम्म केकको अर्डर आउने गरेको उद्योग सञ्चालक दिव्यश गिरी बताउँछन्। 

‘अहिले दैनिक ७० हजार रुपैयाँ हाराहारीको केक कारोबार हुन्छ’, फ्याक्ट्रीका सहसंस्थापक गिरी भन्छन्। गिरी, सन्तोष पाण्डे र उमेश शाहको संयुक्त प्रयासमा उद्योग स्थापना भएको हो। ६ महिनामा ग्राहकबाट राम्रै प्रतिक्रिया पाएको र थप हौसला बढेको उनीहरू बताउँछन्।

कसरी सुरु भयो ओहो?

corrent noodles
Metro Mart

दिव्यश, सन्तोष र उमेश तीनै जना आआफ्नै व्यवसायमा रमाइरहेका थिए। दिव्यश प्रविधिमा व्यस्त, सन्तोष व्यवस्थापन क्षेत्रमा र उमेश सेफ।तीनजनाको संयुक्त प्रयासमा केही व्यवसाय गर्ने सोचमाथि छलफल भइरहँदा केक फ्याक्ट्री सुरु गर्ने योजना बन्यो।

बजारको सम्भाव्यता अध्ययन गर्दा काठमाडौंमा मात्रै झण्डै दुई करोड हाराहारीको केकको माग हुने देखिएपछि गुणस्तरीय उत्पादन र विविधतासँगै स्थापित गर्ने योजना बन्यो। ‘यसका लागि एउटा ठूलो प्र्रोडक्सन क्यापासिटी भएको ठाउँ चाहियो। केक पुरानै ढाँचामा चलिरहेको थियो,’ सहसंस्थापक सन्तोष भन्छन्, ‘हामीचाहिँ डिजाइनमा पनि नयाँपन ल्याउन सकिन्छ, छिटो उत्पादन गर्न सकिन्छ र अर्को  प्रविधिमा पनि जान सकिन्छ भन्नेमा गयौं।’

तीनै जनाले कारखाना स्थापना र प्रविधिमा करिब १० लाख रुपैयाँ  लगानी गरे। गत जनवरीदेखि सञ्चालनमा आयो ओहो केक। गत वैशाख १६ गतेदेखि कोरोना महामारीले गर्दा निषेध आदेश लागू भयो। विशेष गरी अनलाइन सपिङ अर्थात् इकमर्समार्फत अर्डर गर्ने र सोहीमार्फत बिक्री गर्ने योजना थियो उनीहरुको। 

दिव्यशले टेक्नोलोजी र रणनीतिक क्षेत्र हेरेका छन्। व्यवस्थापनमा अब्बल सन्तोषलाई बिक्री र सोसियल मिडियाको जिम्मेवारी दिइएको छ। उमेशले उत्पादन र आपूर्ति हेर्ने गरेका छन्। 

दिव्यश भन्छन्, ‘इकमर्स व्यवसायीसँग मिलेर सर्वोच्चमा मुद्दा दायर गर्‍यौं। इकमर्समा रोक नलगाउन सर्वोच्चले आदेश दिएपछि व्यापारमा सुधार आयो।’ अहिले तीनै जनाले आआफ्नो सीपअनुसार व्यापारमा पनि कार्य विभाजन गरेका छन्। 

दिव्यशले टेक्नोलोजी र रणनीतिक क्षेत्र हेरेका छन्। व्यवस्थापनमा अब्बल सन्तोषलाई बिक्री र सोसियल मिडियाको जिम्मेवारी दिइएको छ। उमेशले उत्पादन र आपूर्ति हेर्ने गरेका छन्। 

अनलाइनबाटै अर्डर

ओहो केकले अधिकांश अर्डर अनलाइनबाटै लिने गरेको छ। त्यसका लागि ओहो केक डटकम अनलाइन पोर्टल बनाइएको छ। इन्स्टाग्राम, म्यासेन्जरमार्फत पनि अर्डर गर्न सकिने व्यवस्था छ। अनलाइनमार्फत अर्डर गरेपछि तुरुन्तै रेस्पोन्स हुने गरेको कम्पनीका पदाधिकारी बताउँछन्। अर्डर गर्ने बित्तिकै फ्याक्ट्रीमा पठाउँछन्। फ्याक्ट्रीमा कसले कुन किसिमको केक बनाउने हो? त्यहीअनुसार हेरेर प्रक्रिया अगाडि बढाउँछन्।

‘पहिला हामीले सानो लगानीमा सुरु गरेका थियौं,’ सहसंस्थापक गिरी भन्छन्, ‘त्यही लगानी बढाउँदै अघि बढिरहेका छौं। अवस्था सामान्य भएमा भदौमै हाम्रा थप तीन शाखा सुरु गर्ने तयारीमा छौं,’ दिव्यशले भने।

अर्डर दिने ग्राहकले आफ्नो केक कति बन्यो? बनेर फ्रिजमा राखिएको सूचना, ढुवानीका लागि हिँडेको सूचनालगायतका सबै  सूचना अनलाइनमार्फत नै पाउँछन्। ओहो केकले ढुवानी अर्थात् डेलिभरी सर्भिसका लागि पठाओ, भोजलगायतका डेलिभरी सर्भिससँग समन्वय गरेको छ। ‘पठाओ, भोजलगायतका दर्जनभन्दा बढी डेलिभरी सर्भिससँग समन्वय गरेका छौं,’ अर्का सहसंस्थापक सन्तोष पाण्डे भन्छन्। उनी थप्छन्, ‘अधिकांश अर्डर अनलाइनमार्फत आउँछ। हाम्रो वेबसाइट, हाम्रो सोसियल मिडिया साइटबाट आउँछ। अर्डर लिइसकेपछि केक बनाउँछौं।’

केक उद्योगमा हाल १८ जना कार्यरत छन्। आपूर्तिका लागि फुड डेलिभरी सर्भिस कम्पनीसँग सहकार्य गरिएको छ। ग्राहकले अर्डर गरेपछि त्यसलाई सुनिीश्चत गरिन्छ। कन्फर्म गरिसकेपछि बेकरीमा पठाइन्छ। अनि बेकरीमा रहेका जनशक्तिले अर्डर हेरेर त्यहीअनुसार केक बनाउँछन्।


ओहो केक उद्योगका संस्थापक क्रमश: उमेश शाह, दिव्यश गिरी र सन्तोष पाण्डे।

सुरु गर्दा करिब १० लाख रुपैयाँ लगानी गरे पनि पछिल्लो समय आम्दानीसमेत लगानीमा समावेश गर्ने गरिएको छ। ‘पहिला हामीले सानो लगानीमा सुरु गरेका थियौं,’ सहसंस्थापक गिरी भन्छन्, ‘त्यही लगानी बढाउँदै अघि बढिरहेका छौं। अवस्था सामान्य भएमा भदौमै हाम्रा थप तीन शाखा सुरु गर्ने तयारीमा छौं,’ दिव्यशले भने।

भविष्यमा ओहो केकेले बेकरी स्कुल समेत सञ्चालनमा ल्याउने  योजना बनाएको छ। सुरुका दिनमा १० देखि १२ हजार रुपैयाँ हाराहारीको कारोबार हुने गरेकोमा हाल ७० हजार रुपैयाँ हाराहारीमा व्यापार हुने गरेको छ। अवस्था सामान्य भएमा मासिक ३०  लाख रुपैयाँको बिक्री गर्ने लक्ष्य ओहोको छ। ‘लक्ष्यचाहिँ मासिक ३० लाख रुपैयाँको बिक्री गर्ने हो,’ सन्तोष भन्छन्। 

०००

सुरुसुरुमा सहरी क्षेत्रका सम्भ्रान्त वर्ग र तारे होटलमा मात्र पाइने केकमा अहिले सबैको पहुँच पुगेको छ। नेपालमा केक खाने प्रचलन व्यापक बनाउने श्रेय जान्छ हिप्पी संस्कृतिलाई। हिप्पीहरू (वि.सं. ३० को दशकमा) नेपाल आएसँगै पश्चिमा खानपान नेपाली समाजमा फैलिन थालेको मानिन्छ। सहरी क्षेत्रमा केक लोकप्रिय बन्न थालेको चाहिँ बेकरी उद्योग विस्तार हुन थालेपछि हो।

२०४६ सालपछि अर्थतन्त्रमा अवलम्बन गरिएको उदारीकरण नीतिका कारण लगानीका ढोका बढ्न थाल्यो। साथै मैदा उद्योग र बढ्दो सहरीकरणले बनाएको बजारले पाउरोटीजन्य वस्तुको माग बढ्यो। साना व्यवसाय प्रवद्र्धन हुने क्रममा बेकरी उद्योग पनि फस्टाउन थालेको छ।

प्रकाशित: Aug 04, 2021| 20:40 बुधबार, साउन २०, २०७८
प्रतिक्रिया दिनुहोस्