शनिबार, वैशाख ८, २०८१

एयरपोर्टमै ओली, नेपाल र नेम्बाङबीच रहस्यमय कानेखुशी

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं- आइतबार १० बजे जब प्रधानमन्त्री केपी ओली त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रे, तब तीन नेताको कार्यवाहक खुस्किसकेको थियो। कार्यवाहक प्रधानमन्त्रीका रूपमा उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेल, कार्यवाहक नेकपा अध्यक्षको हैसियतमा माधवकुमार नेपाल र कार्यवाहक संसदीय दलका नेता थिए, सुवास नेम्वाङ। 

६ दिनअघि प्रधानमन्त्री ओलीले विमास्थलमै उनीहरूलाई कार्यवाहकको पत्र थमाएका थिए। तर, पत्रमा उल्लेख भएको बेहोराअनुसार ओलीले ‘आफू स्वदेश नफर्केसम्म’ भन्ने शब्द थमाइएका पत्रमा उल्लेख भएकाले ओलीले विमानबाट उत्रेर जमिनमा पाइला हाल्नेबित्तिकै तीन नेताको कार्यवाहक खुस्किएको थियो। 

प्रधानमन्त्रीले चीन भ्रमण सकेर काठमाडौं आउँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्ट कक्षमा पत्रकार सम्मेलन आयोजना गरे। त्यसक्रममा दायाँ वरिष्ठ नेता नेपाल र बायाँ रक्षामन्त्री पोखरेललाई राखेका थिए। पोखरेलको सामुन्ने थिए, नेकपा संसदीय दलका उपनेता नेम्वााङ। 

ओलीले छेउमा रहेका पोखरेललाई क्रस गर्दै निकैपल्ट नेम्वाङसँग कानेखुशी गरेका थिए। त्यसैगरी, दायाँतर्फ रहेका नेपालसँग पनि उनले गरेको कानेखुशी हेर्नलायक थियो। सँगै बसेका मन्त्री पोखरेल भने कानेखुशी गरिरहँदा रमितेजस्तै देखिन्थे। त्यो दृष्य देखिरहेका धेरै नेता र उपस्थित पत्रकारले समेत आपसमा खासखुस गरे। के रहस्य थियो तीन नेताको कानेखुशीमा?
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।