रुस- विश्वकप २०१८ अर्न्तगत शनिबार बेल्जियम र ट्युनिसियाबीचको प्रतिस्पर्धा शुरु भएको छ ।
मस्कोस्थित स्पार्टक रंगशालामा बेल्जियम र ट्युनिसियाको खेल सुरु भएको हो । पहिलो खेलमा पानामालाई ३ - ० ले हराउँदै तीन अंक जोडेको बेल्जियम र इंग्ल्यान्डसँग २ - १ गोलले पराजित ट्युनिसियाको टीली तीन अंक जोड्ने लक्ष्यसहित मैदान उत्रिएका छन् ।
ट्युनिसिया विरुद्ध जित निकालेमा बेल्जियम ६ अंक जोडेर नकआउट चरणमा पुग्ने छ । र, ट्युनिसियासँग पराजित र बराबरी खेलेमा अन्तिम खेल कुर्नु पर्ने हुन्छ ।
यसअघि दुई टोलि ३ पटक खेलेका छन् । सन् १९९२ मा भएको मैत्रीपूर्णमा ट्युनिसियाले २ – १ जितेको थियो । सन् २००२ को विश्वकपले दुई टोलीले १ – १ गोलको बराबरी खेलेको थियो । सन् २०१४ को मैत्रीपूर्णमा भने बेल्जियमले १ – ० को जित निकालेको थियो ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४