शुक्रबार, वैशाख ७, २०८१

श्रीमान् विदेशमा कमाउँदै, श्रीमती अर्कैसँग रमाउँदै

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
धनगढी- धनगढी-६ का दिलबहादुर सार्की वैदेशिक रोजगारीमा कुवेतमा छन्। उनी कुवेत गएको करिब डेढ वर्ष पुग्दैछ। घर सम्हाल्ने जिम्मा पाएकी श्रीमतीले भने दोस्रो विवाह गरेकी छन्।

श्रीमान् विदेशमै छँदा उनको गर्भ बसेपछि परिवारले उनलाई केरकार गरे। आफू काम गर्ने ठेकेदारको पेट बोकेको बताएपछि परिवारले उनकै जिम्मा लगाइदिए। उनले श्रीमान्ले पठाएको एक लाख ३० हजार रुपैयाँ पनि साथमा लगेको परिवारको भनाइ छ।

परिवारको उजुरीपछि उनी र दोस्रो श्रीमान्लाई पक्राउ गरेर प्रहरीले हिरासतमा राखेको छ।

धनगढी-८ मनेहराका एक युवक पनि बिहे गरेको केही समयपछि वैदेशिक रोजगारमा दुबई उडे। श्रीमतीले भने अर्कै युवकसँग चक्कर चलाइन्। आफ्नै कोठमा परपुरुषसँग यौन सम्पर्क गर्न लाग्दा सासु र देवरले समाते। प्रहरीका अनुसार ती पुरुष भने भाग्न सफल भए। महिलालाई रातभर कोठामै थुनेर राखेपछि शौचालय जाने बहानामा उनी पनि बिहानै फरार भइन्। परिवारले उनी हराएकाले खोजी गरिदिन प्रहरीमा निवेदन दियो।

त्यसको केही दिनमै परिवारबाट आफूमाथि हिंसा भएकाले न्याय दिलाई पाउँ भन्दै ती महिला आफैं प्रहरीमा आएर निवेदन दिएकी छन्। परिवारले घरमा परपुरुषसँग शारीरिक सम्पर्क राखेको कन्डोमसहितको प्रमाण प्रहरीलाई बुझायो।

'फोनको कल डिटेलसमेत टेलिकमबाट झिकाएपछि महिलाकै गल्ती देखियो,' प्रहरी निरीक्षक भगवती तिमिल्सिनाले भनिन्, 'उनलाई माइती पक्षको जिम्मा लगाएर पठाइयो।'

वैदेशिक रोजगारीका कारण सिर्जित समस्याले थुप्रैको घरबार बिग्रिन थालेको छ। श्रीमान् पैसा कमाउन विदेश जाने र श्रीमती अर्कैसँग लागेर सम्पत्तीको सत्यनास गर्नुका साथै घरै छोडेर परपुरुषसँग जाने समस्या बढिरहेको प्रहरी निरीक्षक तिमिल्सेनाले जानकारी दिइन्। उनका अनुसार यस्ता घटनाका उजुरी मासिक पाँच वटासम्म आउने गरेका छन्।

कैलालीको बर्दगोरीया-३ खैरेनीका शिवराज भण्डारीले ०७० सालमा बर्दियाको पाताभरकी युवतीसँग बिहे गरे। त्यसको ६ महिनापछि उनी वैदेशिक रोजगारीका लागि मलेसिया गए। उनी गएको तीन महिनासम्म युवती घरमै बसिन्। बिरामीको बहानामा माइती गएकी उनी उतैबाट काठमाडौं गइन्। र, काठमाडौंमै बसिन्।

भण्डारीले पनि विश्वासमा परेर कमाएको सबै पैसा श्रीमतीलाई पठए। पुस ०७४ मा स्वदेश फर्किंदा उनी गर्भवती थिइन्। उनी त काठमाडौंमा अर्कै युवकसँग बिहे गरेर बसेकी रहिछन्।

'विदेशमा पसिना चुहाउँदै कमाएको करिब १० लाख रुपैयाँ डुब्यो, श्रीमती पनि साथमा छैन,' भण्डारीले भने, 'रकम फिर्ता पाउने आशमा धेरै दौडधुप गरिसकें, अहिलेसम्म पाउने/नपाउने टुंगो छैन।'

यसरी परिवार बिथोलिएका घटनाहरूको यकिन तथ्यांक कसैसँग छैन। सुरक्षित आप्रवासन परियोजनाले कैलालीका चौमाला र फूलबारीमा गरेको अध्ययनमा विदेश गएका श्रीमान् छाडेर दोस्रो विवाह गर्ने ४० महिला फेला परेका छन्। वैदेशिक रोजगारीबाट आउने रेमिट्यान्सको फाइदा मात्र हेर्नुभन्दा पनि त्यसले निम्त्याउने जोखिमबारे पनि राज्यले ध्यान दिनुपर्ने सरोकारवालाको भनाइ छ ।

 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।