काठमाडौं- लक्ष्मी इन्टरनेशनल प्रालि नेपालको लागि ह्युण्डाईको आधिकारिक डिलर शुरु गरेको ‘रोड टु रसिया’ योजना अन्तर्गत चार जना रसिया जाने भएका छन् ।
विश्वकै सबैभन्दा प्रख्यात र लोकप्रिय फुटबल प्रतियोगिता फिफा विश्वकपलाई लक्षित गरेर ह्युण्डाईले यो योजना आफ्ना पुराना र नयाँ ह्युण्डाई ग्राहकहरुको लागि सुरु गरको थियो ।
यस योजना अन्तगर्त फिफा विश्वकप २०१८ को फाइनल म्याचको टिकेट विजेताको घोषणा, ह्युण्डाई शोरुम थापाथलीमा सम्पन्न लक्की ड्रमार्फत् गरिएको थियो । जसमा कन्ज्युमर आई नेपालका अध्यक्ष, सुश्री बिमला खनाल प्रमुख अतिथि थिइन् ।
उक्त लक्की ड्रमार्फत् हालका ह्युण्डाई ओनरहरु मध्ये रानीपौवा, पोखरा निवासी अनिसा गुरुङ र पोखरा निवासी लाल बहादुर गुरुङ विजेता भएका छन् भने नयाँ ग्राहकहरु मध्ये भरतपुर, ५ चितवन निवासी बिनोद कुमार भट्ट र दमक निवासी गोपाल अग्रवाल विजेता भएका हुन् । यसका साथै यस योजनामा हरेक ह्युण्डाईको खरिदमा ४३ वा ५५ इन्चसम्मको स्मार्ट एलइडी टिभि पक्का पुरस्कारकोरुपमा प्रदान गरिएको थियो ।
अन्तर्राष्ट्रिय फुटबलका फ्यानहरुलाई ह्युण्डाईको यस योजनाले विश्वकै सबैभन्दा रोमाञ्चक र प्रख्यात म्याच, २०१८ फिफा वल्र्ड कप रसियाको फाइनलको प्रत्यक्षदर्शी बन्ने मौका प्रदान गरेको छ । विजेताले हवाईटिकेट र बसाई खर्चको विशेष भ्रमण प्याकेजको साथ जीवनमै एक पटक अनुभव गर्नसकिने विशिष्ट अनुभूति हासिल गर्नेछन् ।
फुटबलका फ्यानहरुलाई अद्भुत र रोमाञ्चक अनुभव प्रदान गर्दै ह्युण्डाई विश्व फुटबललाई साथ दिन र विकास गर्नको लागि प्रतिबद्ध छ । ठीक त्यसरी नै ह्युण्डाई आफ्ना ग्राहकहरुलाई ह्युण्डाईको ओनर भए वापत विश्वकै विशिष्ट अनुभूति प्रदान गर्न पनि प्रतिबद्ध छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४