पानामा –मेस्सी पुनः कर छली प्रकरणमा मुछिएका छन् । पानामा पेपरले निकालेको यस प्रतिवेदनमा उनको सन् २०१६ मा कर छली प्रकरणमा परेको छ । इन्टरनेशनल कन्सोर्टियम अफ इन्भेस्टिमेन्ट जर्नालिस्टले पानामा पेपर्स – २ मा कर छलीको विवरण प्रकाशित गरेको हो ।
मेस्सी र उनको पिता जर्ज होरासिओ मेस्सीले बेलिजइ र उरूग्वेमा संचालन गरेको अफशोर कम्पनी ः मेगा स्टार इन्टरप्राइजेजले कर छलेको बताइएको छ ।
फुटबल स्टार मेस्सीले भने यसको प्रतिक्रियामा उक्त दोषारोपण गलत भएको जनाएका छन् । उक्त कम्पनी अहिले निष्क्रिय रहेको उनले जानकारी दिएका छन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४