बुधबार, वैशाख १२, २०८१

यी हुन् नेपाल र चीनबीच सम्झौता भएका ९ विषय

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडाैं- चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ राष्ट्रपतिबीच महत्वपूर्ण विषयमा सहमती भएको छ । बुधबार भएको द्विपक्षीय वार्तामा रेल र उर्जाका विषयमा महत्वपूर्ण समझदारी बनेको हो । 

भेटमा चिनियाँ राष्ट्रपति सीले चिनियाँ रेललाई नेपालका विभिन्न भागमा पुर्याउन सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । उनले अन्तरदेशीय रेलवे कनेक्टिभिटीलाई रुचिका साथ लिएको परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले जानकारी दिए । उनले नेपालको उर्जा विकासका लागि पनि चिनले सहयोग गर्ने बचन दिएका छन् ।  

चिनियाँ राष्ट्रपतिसंगको भेटपछि नेपाली प्रतिनिधि मण्डल र चीनका विभिन्न सरकारी निकाय तथा निजी क्षेत्रबीच ९ वटा सम्झौता तथा समझदारीपत्रमा हस्ताक्षर भएकाे छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा बुधबार बेइजिङमा दुवै देशका पदाधिकारीले ती सम्झौता तथा समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् । बिहीबार नेपाल–चीन द्विपक्षीय बैठकपछि थप सम्झौता तथा समझदारीपत्रमा हस्ताक्षर गरिनेछ ।

पहिलो सम्झौता नेपाल विद्युत् प्राधिकरण र चीनको स्टेट ग्रिड कर्पोरेसनबीच भएको छ । यो सम्झौता ‘नेपाल–चाइना क्रस–बोर्डर पावर ग्रिड इन्टरकनेक्सन प्रोजेक्ट’ को सम्भाव्यता अध्ययनका लागि गरिएको हो । 

दोस्रो सम्झौता नेपालको लगानी बोर्ड र हुसिन सिमेन्ट नारायाणी प्राइभेट लिमिटेडबीच भएको छ भने तेस्रो समझदारीपत्र (एमओयु) ऊर्जा, जलस्रोत र सिँचाइ मन्त्रालय र चाइना कम्युनिकेसन कन्स्ट्रक्सन कम्पनीबीच भएको छ ।

के के सम्झौता भयो ?

१. माथिल्लो मस्र्याङ्दी–२ आयोजना (६०० मेगावाट) निर्माण

२. कालीगण्डकी गर्ज आयोजना (१६४ मेगावाट) निर्माण

३. त्रिशूली–गल्छी आयोजना (७५ मेगावाट) निर्माण

४. सिउरी न्यादी जलविद्युत् आयोजना (४०.२७ मेगावाट) निर्माण

५. दैनिक ३ हजार मेट्रिक टन सिमेन्ट उत्पादन गर्ने उद्योग स्थापना

६. फलफूल प्रशोधन उद्योग स्थापना

७. नेपाली पस्मिना खरिद

८. पूर्वी तराईको सिँचाइ प्रणाली व्यवस्थित गर्न सहयोग

९. रसुवागढी–केरुङ प्रसारण लाइन निर्माण
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।