बिहीबार, वैशाख १३, २०८१

देउवाका पक्षमा चार जिल्ला सभापति मात्र

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
हेटौंडा- कांग्रेस जिल्ला सभापतिहरूको भेलामा चार जिल्ला सभापतिले केन्द्रीय सभापति शेरबहादुर देउवाको प्रतिरक्षा गरेका छन् । 

कञ्चनपुर सभापति हरिप्रसाद बोहराले पार्टीले निर्वाचनमा पराजय हुनुको दोष देउवालाई मात्र दिन नहुने बताए । गुट-उपगुट र कम्युनिस्ट पार्टीहरूबीचको गठबन्धनका कारण चुनावमा हार बेहोर्नुपरेको बताए । 

दोलखा सभापति रुद्र खड्काले निर्वाचनमा हार उम्मेदवारका कमी–कमजोरीका कारण पनि हुन सक्ने औंल्याए । बाजुराका सभापति कविराज पण्डितले विगतमा भएका कमी–कमजोरीबाट पाठ सिकेर अगाडि बढ्नुपर्ने बताए । ओखलढुंगाका सभापति प्रदीप सुनुवारले कांग्रेसजन मिलेर अगाडि जानुपर्ने बताए । 

अन्य जिल्ला सभापतिहरूले भने सभापति देउवाको आलोचना गरे । गोरखाका सभापति हरि घलेले ०३६ सालको जनमत संग्रहमा पराजयको अपजस तत्कालीन पार्टी सभापति बीपी कोइरालाले एक्लै लिएको कुराबाट पाठ सिक्नुपर्ने बताए । 

केही जिल्ला सभापतिले जिल्ला सभापतिमा पराजित नेतालाई पनि राखेर पनि टिकट वितरणको निर्णय गर्ने केन्द्रको परिपत्रलाई समानान्तर कमिटीको अभ्यासका रूपमा पनि औंल्याए । त्यसबाट जितेको सभापतिलाई अवमूल्यन गरिएको उनीहरूको धारणा थियो ।

सिन्धुपाल्चोकका सभापति विकास लामाले दिलमा तीर हानेर दुख्यो कि दुखेन भनेर केन्द्रीय सभापतिले सोध्ने गरेको आरोप लगाए । कालीकोटका हर्ष बमले इरानका राजा रेजी पेहल्वीको उदाहरण दिँदै कांग्रेस सभापति देउवालाई पनि उनीसँगै तुलना गरे । 

बर्दियाका सभापति सञ्जय गौतमले केन्द्रीय सभापतिमा रामचन्द्र पौडेलका पक्षमा भोट हाल्ने पदाधिकारीहरूलाई बारम्बार पीडा दिने काम भएको दाबी गरे । 

खोटाङका नरेशकुमार श्रेष्ठले सभापति देउवाले नातागोतालाई मात्र च्यापेको आरोप लगाए । पाल्पाका सभापति वीरबहादुर रानाले हारेको सभापतिलाई विश्वासमा लिएर टिकट वितरण गर्नु भनेपछि निर्वाचित सभापतिको अधिकार बाँकी नरहेको बताए । 

तेह्रथुमका सभापति गोविन्द ढुंगानाले व्यापारीलाई निर्वाचन अभियानमा लगाएर पार्टीले उल्टै सम्बन्धित क्षेत्रका मानिसलाई पार्टीले टाढा पारेको आरोप लगाए । ललितपुरका सभापति मदनबहादुर अमात्यले निर्वाचन भएको एक वर्षपछि समीक्षा गरेर पार्टी नसुध्रिने बताए । पार्टीमा घात–अन्तर्घातको शृंखला कृष्णप्रसाद भट्टराईलाई हराएरै शुरु भएको औंल्याए । 

धादिङका सभापति रमेश धमलाले निर्वाचन गराउने कांग्रेस र माओवादी गठबन्धनका दुई वटा सरकारका रवैयाकै कारण पार्टीले पराजय बेहोर्नुपरेको बताए । 

केन्द्रीय सदस्य गगन थापाले भने, ‘आज सरकारमा छैन, त्यही भएर पार्टी बनाउन लाग्छु भन्नुभएको छ । तर, न संसद्मा भूमिका निर्वाह गरेको देखिन्छ, न त पार्टी बनाउन कुनै निष्कर्षमा पुग्नुभएको छ ।’ सांसदहरूलाई प्रशिक्षण र निर्देशनको अभाव रहेको उनले औंल्याए । 

दुई सय १५ वटा ठाउँमा चुनाव जितेका कांग्रेसका जनप्रतिनिधिले वर्तमान सरकारले भन्दा बढी र अभूतपूर्व काम गरेर देखाउनुपर्ने थापाले सुझाए । वर्तमान सरकारले लोकतन्त्रमाथि गरिरहेको प्रहारबारे कांग्रेसको कुनै धारणा नआएको उनले बताए । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।