शनिबार, वैशाख ८, २०८१

दार्चुला घटनाबारे सरकारले भारतसँग छिटो कुरा गरोस् : नारायणकाजी

राष्ट्रियसभामा नेकपा माओवादी केन्द्रका सांसद नारायणकाजी श्रेष्ठले मुलुकको राष्ट्रिय सार्वभौमिकता र भौगोलिक अखण्डतामाथि प्रहार गर्ने काम भएको बताएका छन्।
 |  बुधबार, साउन २०, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, साउन २०, २०७८

काठमाडौं– राष्ट्रियसभामा नेकपा माओवादी केन्द्रका सांसद नारायणकाजी श्रेष्ठले मुलुकको राष्ट्रिय सार्वभौमिकता र भौगोलिक अखण्डतामाथि प्रहार गर्ने काम भएको बताएका छन्। 

triton college

राष्ट्रियसभाको बुधबारको बैठकमा उनले हाम्रो भूभागमा विदेशी सुरक्षाकर्मीले बुट बजारिरहेको बताए। 'विदेशीले सीमामा बनाएका तटबन्ध र बाँधले हाम्रा बस्ती डुबानमा छन्। कतिपय असमान सन्धि सम्झौता हाम्रोमा लादिएका छन्। हाम्रा आन्तरिक विषयमा हस्तक्षेप गर्ने काम भएको छ। नेपालका राजनीतिक दलले पनि त्यो अवसर दिएकाले हस्तक्षेप भइरहेको छ,' उनले भने। 

केही दिनअघि महाकाली नदीमा तुइन तर्दै गर्दा दार्चुलाका जयसिंह धामी एसएसबीले तुइनको तार काटिदिँदा बेपत्ता भएको प्रसंग उठाउँदै उनले परिवारजनले उनको सास र लाश फेला नपरेको अवस्थामा मृत्यु भएको आशंकामा कुशको शव बनाएर दाहसंस्कार गरेको विषयले हरेक नेपालीको हृदय छियाछिया भएको बताए।

उनले भने, 'अहिलेसम्मको तथ्यले के देखाएको छ भने भारतीय एसएसबीकै कारण उनी बेपत्ता भएको देखिएको छ। यो क्रुर  र अमानवीय कार्यका लागि भारतले नेपालसँग अविलम्ब नेपालीसँग सार्वजनिक माफी माग्नुपर्छ। दोषीलाई कडा कारबाही गर्नुपर्छ। नेपाल सरकारले छानबिन समिति बनाएर कूटनीतिक तरिकाले संवादबाट समाधान गरौं। छानबिन समितिको रिपोर्ट छिटो ल्याएर भारत सरकारसँग कुरा गर्नुपर्छ।'


प्रकाशित: Aug 04, 2021| 15:01 बुधबार, साउन २०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...