काठमाडौं- विश्वकप फुटबल प्रतियोगिता अन्तर्गत बुधबार (आज) पनि ६ देशबीच भिडन्त हुँदैछ ।
पहिलो चरणको खेल सकेर दोस्रो चरणको खेल सुरु भएको विश्वकपमा आज समुह ए को एउटा र समुह बी को दुईवटा गरि ३ खेल हुनेछन् ।
आज हुने पहिलो खेलमा समूह ‘बी’को दोस्रो चरणअन्तर्गत पोर्चुगल र मोरक्को भिड्दैछन् । यो खेल नेपाली समयअनुसार साझ पौने ६ बजेदेखि मस्कोको लुझ्निकी रंगशालामा हुनेछ ।
समूहको पहिलो खेलमा पोर्चुगलले स्पेनसँग ३–३ गोको बराबरी खेल्दा मोरक्को इरानसँग १–० गेलले पराजित भएको थियो ।
यसैगरी आजै हुने दोस्रो खेलमा समुह ए मा रहेका उरुग्वे र साउदी अरबिया भिड्दैछन् । नेपाली समयअनुसार बेलुका पौने ९ बजे हुने खेलमा दुबै टोली जितको खेजीमा हुनेछन् ।
पहिलो खेलमा इजिप्टलाई हराएको उरुग्वे आज साउदी अरबियालाई जित्दै नकआउट चरणमा पुग्ने लक्ष्यमा रहेको छ ।
पहिलो खेलमा साउदी अरबिया रुससँग ५–० गोल अन्तरले पराजित भएको थियो । साउदी अरबियालाई अघिल्लो चरण प्रवेश गर्नका लागि आजको खेल जित्नै पर्नेछ ।
यस्तै आजै हुने तेस्रो तथा अन्तिम खेलमा स्पेनविरुद्ध इरान मैदानमा उत्रिदैछ । काजान एरिनामा रङ्गशालामा हुने खेल नेपाली समयअनुसारराति पौने १२ बजे सुरु हुनेछ । नकआउट चरण प्रवेशका लागि स्पेनलाई आजको खेल जित्नै पर्ने दबाब छ ।
स्पेनले आफ्नो पहिलो खेलमा पोर्चुगलसंग बराबरी खेलेको थियो । इरानले भने मोरक्कोलाई १–० गोलअन्तरले पराजित गरेको थियो ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४