शुक्रबार, वैशाख ७, २०८१

विश्वकपको आगामी खेल नेयमारले खेल्न नसक्ने !

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
एजेन्सी- ब्राजिलियन स्टार नेयमारले विश्वकप फुटबलका आगामी खेल गुमाउने सम्भावना बढेको छ । अभ्यासको क्रममा दायाँ खुट्टाको दुखाई बढेकापछि उनलाई पशिक्षणबाट निकाली उपचारका लागि फिजिसियनकोमा पठाइएको छ । 

दायाँ खुट्टा भाँच्चिएका कारण नेइमार लामो समयपछि ३ जुनमा भएको कोस्टारिकाविरुद्धको विश्वकप अभ्यास खेलमा मैदानमा फर्केका थिए । पुनः दाँया खुट्टामा दुखाइ बढेपछि उनलाई उपचारका लागि पठाइएको हो । 

विश्वकपको पहिलो खेलको क्रममा उनीमाथि भएका १० फलबाट केही घाइते भएका थिए । नेइमार दुईदिन उपचार गरेपछि मात्रै प्रशिक्षणमा फर्कने ब्राजिलियन टोलीका प्रवक्ता भिनिसिअस रोड्रिगेजले बताएका छन् । 

पहिलो खेलमा ब्राजिलले १–१ को बराबरी खेलेको खेलमा नेइमारले गोल भने गर्न सकेका थिएनन् । तर उक्त खेलमा भएको फाउलहरुको कारण उनको गोलिगाँठोको चोट बल्झिएको हुनसक्ने बेलायती अनलाइन पत्रिका डेली मेलले जनाएको छ।

आगामी शुक्रबार ब्राजिलले कोस्टारिकासँग समूह चरणको दोस्रो खेल खेल्ने छ । समूहको दोस्रो खेलमा सम्भवत नेयमार खेल्ने छैनन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।