बुधबार, वैशाख १२, २०८१

आईएमई इन्स्योरेन्सको ६० लाख कित्ता सेयर आउँदै

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं- आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ६० लाख कित्ता सेयर निस्कासन गर्दैछ । त्यसका लागि सिभिल क्यापिटल मार्केट लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त गरिएको छ । 

उक्त सेयर सर्वसाधारणका लागि बजारमा ल्याउन लागिएको कम्पनीले जनाएको छ, जसको अंकित दर एक सय रुपैयाँ हुनेछ । निष्कासन तथा बिक्री प्रबन्धक नियुक्तिसम्बन्धी सम्झौता पत्रमा आईएमईका निमित्त महाप्रबन्धक दिनेश अमात्य र सिभिलका निमित्त महाप्रबन्धक सुमन आचार्यले हस्ताक्षर गरेका छन् । 

हाल कम्पनीको चुक्ता पुँजी एक अर्ब ४० करोड रुपैयाँ छ । उक्त सेयर निष्कसनपछि कम्पनीको चुक्ता पुँजी दुई अर्ब रुपैयाँ पुग्नेछ । यसका साथै संस्थापकको सेयर स्वामित्व ७० प्रतिशत र सर्वसाधारणको ३० प्रतिशत हुनेछ । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्