काठमाडौं– क्रियाशील सदस्यता विवादबारे छलफल गर्न अहिले नेपाली कांग्रेसका शीर्ष नेताको बैठक बस्दैछ।
सभापति शेरबहादुर देउवाको निजी निवास बूढानीलकण्ठमा दिउँसो साढे २ बजे देउवा, वरिष्ठ नेता पौडेल र नेता कृष्ण सिटौलाबीच छलफल हुन लागेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।
साउन १२ गते रमेश लेखक नेतृत्वको छानविन समितिले बुझाएको प्रतिवेदनमा नसुल्झेका विवाद समधानको जिम्मा ६ दिनअघि शिर्ष नेतालाई दिइएको थियो। त्यसपछि पाँच दिनमा विवाद समाधान गर्ने प्रतिवद्धता शीर्ष नेताको थियो। तर छैंटौ दिन बैठक बस्दैछ।