काठमाडौं– नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीमा असन्तुष्ट पक्षको नेतृत्व गरिरहेका नेता माधवकुमार नेपाललाई अराजक, अनुशासनहीन र इमान नभएको मानिस भन्दै कडा टिप्पणी गरेका छन्।
मदन भण्डारी जयन्तीको अवसरमा मदन भण्डारी फाउन्डेसनले गरेको कार्यक्रममा उनले यस्तो टिप्पणी गरेका हुन्। ‘एमाले ध्वस्त पारेर कांग्रेसको नेतृत्वमा सरकार बनाउने अनुशानहीन अराजक काम गर्ने। जुन आदर्शका लागि ढाँटेर भोट लिएर आए, त्यसैलाई तिलाञ्जली दिएर धन्दा गरिरहेका छन्।’
नेपालले नयाँ राजनीति सुरु गरेर नयाँ विचार सुरु गरेको भए राजीनामा दिनुपर्ने बताए। नेपालले प्रचण्डका पछि कुद्ने काम गरिरहेको भन्दै उनले प्रचण्डलाई देश बनाउने कुनै चिन्ता नरहेको बताए।