मंगलबार, वैशाख ११, २०८१

प्रदेश १ : माओवादीको अवरोधपछि संसद् बैठक स्थगित

नेकपा माओवादी केन्द्रले प्रदेश १ संसद्को बैठक अवरुद्ध पारेको छ। 
 |  सोमबार, असार १४, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, असार १४, २०७८

विराटनगर- नेकपा माओवादी केन्द्रले प्रदेश १ संसद्को बैठक अवरुद्ध पारेको छ। प्रदेश १ सरकारका भौतिक पूर्वाधार विकास मन्त्री अम्बिरबाबु गुरुङले रोष्ट्रमबाटै माफी माग्नुपर्ने माग गर्दै माओवादीले संसद् बैठक अवरुद्ध गरेको हो। 

triton college

सोमबारको बैठक सुरु हुनेबित्तिकै माओवादी केन्द्रका सांसदहरू उठेर विरोध जनाएपछि सभामुख प्रदीपकुमार भण्डारीले बोल्न समय दिएका थिए। त्यसक्रममा दलका उपनेता राईले मन्त्रीले माफी नमागेसम्म बैठक अवरुद्ध हुने भनेपछि सभामुखले बैठक भोलि (मंगलबार)सम्मका लागि स्थगनको घोषणा गरे। 

विनियोजन विधेयकमाथि मन्त्रालयबारे सदनमा उठेका प्रश्नको जवाफ दिने क्रममा आइतबार मन्त्री गुरुङले माओवादी सांसद मोहनकुमार खड्काको नाम लिएर अमर्यादित टिप्पणी गरेका थिए।

माओवादी केन्द्रले मन्त्रीको अमर्यादित प्रस्तुति भन्दै माफी माग्नुपर्ने र मन्त्री गुरुङको भनाइ संसदको रेकर्डबाट हटाउनुपर्ने माग गरेको छ। मन्त्रीले रोष्ट्रमबाटै माफी मागेर अभिव्यक्ति रेकर्डबाट नहटाएसम्म सदन अवरोध जारी रहने माओवादी केन्द्र संसदीय दलका उपनेता रामकुमार राईले बताए। 

मन्त्री गुरुङले आइतबार बोल्ने क्रममा सभामुखले भनाइ टुंग्याउन चार पटक रुलिङ गर्दा पनि लगातार सांसद खड्कामाथि गालीगलौज गरेका थिए।

corrent noodles
Metro Mart

प्रकाशित: Jun 28, 2021| 07:52 सोमबार, असार १४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।