शनिबार, वैशाख ८, २०८१
  • गृहपृष्ठ
  • समाज
  • महान्यायाधिवक्ता बडालले भने- रिट निवेदकको चार दिनको बहसमा पञ्चायती व्यवस्थाको झल्को

महान्यायाधिवक्ता बडालले भने- रिट निवेदकको चार दिनको बहसमा पञ्चायती व्यवस्थाको झल्को

महान्यायाधिवक्ता रमेश बडालले रिट निवेदकको चार दिनको बहस गाली पुराण भएको बताएका छन्।
 |  सोमबार, असार १४, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, असार १४, २०७८

काठमाडौं- महान्यायाधिवक्ता रमेश बडालले रिट निवेदकको चार दिनको बहस गाली पुराण भएको बताएका छन्।

triton college

प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतको संवैधानिक इजलासमा भइरहेको सुनवाइमा बडालले रिट निवेदकले अदालतलाई गुमराहमा पार्न खोजेको भन्दै यस्तो बताएका हुन्।

‘रिट निवेदकको चार दिनको बहस सुन्दा पञ्चायती व्यवस्थाको झल्को आयो,’ उनले भने, ‘हामी अहिले पनि पञ्चायती व्यवस्था राखेनराख्ने भन्ने सोचमै रहेछौँ।’

संविधानले बहुदलीय व्यवस्था अंगीकार गरेकाले  बहुदलीय प्रतिस्पर्धालाई अस्वीकार र तलमाथि पार्न नहुने उनको तर्क छ।

दल हुनका लागि समान विचारधारा, समान दर्शन र समान कार्यक्रम हुनुपर्ने बडालले बताए।

corrent noodles
Metro Mart

‘दलीय व्यवस्था भएको मुलुकमा एउटा दलबाट निर्वाचित भएको सांसद प्रतिपक्ष दलको नेतालाई प्रधानमन्त्री बनाई पाउँ भनी अदालत  जान मिल्छ श्रीमान्?,’ महान्यायाधिवक्ताले प्रश्न गरे।

दलीय व्यवस्थाको दुरुपयोग गर्‍यो भने बहुदलको अन्त्य र हत्या हुने उनको तर्क छ।

‘दलको निर्वाचन अनिवार्य तत्त्व हो दलीय व्यवस्थामा,’ उनले भने, ‘दलको प्रतिस्पर्धामार्फत् जसले बहुमत ल्याउँछ त्यसैले सरकार चलाउँछ भन्ने हो।’

कल्पना गरेको दलीय व्यवस्था पनि यही भएको उनको भनाइ छ। ‘जुन दलले बहुमत ल्यायो त्यसैले शासन गर्ने हो, एउटा दलबाट निर्वाचित जनप्रतिनिधि अर्को दललाई कसरी समर्थन गर्न सक्छरु,’ उनले प्रश्न गरे।

राष्ट्रपति र प्रधानमन्त्रीमाथि प्रश्न गरिरहँदा यो मुद्दा अदालतमा कसरी आयो भन्नेबारे अदालतले हेर्नु पर्दैन? भन्दै उनले रिट निवेदन खारेज हुनुपर्ने बताए।

रिट निकेदकले पञ्चायती संविधानको व्याख्या विश्लेषण गरेर समय बर्बाद गरेको बडालले गुनासो गरे।

प्रकाशित: Jun 28, 2021| 06:48 सोमबार, असार १४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।