शनिबार, वैशाख ८, २०८१
  • गृहपृष्ठ
  • समाज
  • सबइन्जिनियर भन्छन्- केटाहरू ल्याएर वडाध्यक्षले कुटे, वडाध्यक्ष भन्छन्-  ‘स्टिमेट’ राम्रो बनाउन आग्रह गरेको हुँ

सबइन्जिनियर भन्छन्- केटाहरू ल्याएर वडाध्यक्षले कुटे, वडाध्यक्ष भन्छन्-  ‘स्टिमेट’ राम्रो बनाउन आग्रह गरेको हुँ

शिवालय गाउँपालिकाका-७ का वडाध्यक्ष वीरबल खत्रीमाथि सोही वडामा कार्यरत सबइञ्जिनियर रवीन्द्रबहादुर शाहीलाई आइतबार कार्यकक्षमै कुटपिट गरेको आरोप लगाइएको छ। 
 |  सोमबार, असार १४, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, असार १४, २०७८

जाजरकोट- शिवालय गाउँपालिकाका-७ का वडाध्यक्ष वीरबल खत्रीमाथि सोही वडामा कार्यरत सबइञ्जिनियर रवीन्द्रबहादुर शाहीलाई आइतबार कार्यकक्षमै कुटपिट गरेको आरोप लगाइएको छ। 

triton college

वडाध्यक्ष खत्रीले आफ्नो वडाभन्दा बाहिरको काम गर्ने गरेको तर वडाका कामकाजमा ध्यान नदिएको र ढिलासुस्ती गरेको भन्दै वडा कार्यालयको प्राविधिक कार्यकक्षमै कुटपिट गर्नुका साथै गालीगलौज गरेर ज्यान लिने धम्कीसमेत दिएको शाहीले आरोप लगाएका छन्। 

शाहीको मुखमा समेत चोट लागेको बताइएको छ। ‘म आफ्नै कार्यकक्षमा काम गरिरहेको थिएँ, केही केटासहित एक्कासि वडाध्यक्ष आएर झम्टिहाल्नु भयो। मुक्का प्रहार गर्नुभयो, लछारपछार गर्नुभयो। गालीगलौजका साथै ज्यानै लिने धम्की दिनुभयो। त्यसपछि भागेर ज्यान जोगाएँ’, शाहीले टेलिफोनमा भने। खत्री एमालेबाट निर्वाचित वडाध्यक्ष हुन्।

सब–इञ्जिनियरमाथि भएको घटनाको शिवालयमा कार्यरत कर्मचारीले निन्दा एवं भर्त्सना गरेका छन्। घटनाको विरोधमा गाउँपालिकामा कार्यरत प्रमुख प्रशासकीय अधिकृतसहित सम्पूर्ण कर्मचारीले एक विज्ञप्ति जारी गर्दै दोषीमाथि कारबाही नभएसम्म ‘पेनडाउन’ गर्ने निर्णय गरेका छन्। 

‘राष्ट्र सेवामा कटिबद्ध कर्मचारीलाई कारणवश कमजोरी वा गल्ती गरेमा विभिन्न विभागीय कारबाही तथा सेवाबाट बर्खास्त गर्ने कानुनी बाटो हुँदाहुँदै मरणासन्न हुने गरी कार्यालय समयमा यसरी अमानवीय तरिकाले गरेको कुकर्मले हामी सेवामा अहोरात्र खटिएका सबै कर्मचारीको मनोबल खस्केको छ। सो कार्यप्रति हामी पेनडाउन गरी सशक्त आन्दोलनमा उत्रिन बाध्य छौँ’, विज्ञप्तिमा भनिएको छ। 

corrent noodles
Metro Mart

अध्यक्ष खत्रीले भने विज्ञप्ति निकाल्दै राम्रोसँग काम गर्न र ‘स्टिमेट’ समेत राम्रो बनाउन आग्रह गरेको बताएका छन्। उनले स्टिमेट गरेका अधिकांश योजना गतिलो नभएको गुनासो गरेको तर सब–इञ्जिनियर शाहीले आक्रमण गरेको भन्दै हल्ला गरेको बताए। रासस

प्रकाशित: Jun 28, 2021| 03:28 सोमबार, असार १४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।