काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइसियूमा ७०६ कोरोना संक्रमित उपचाररत रहेको जानकारी दिएको छ। तीमध्ये २०० जना भेन्टिलेटरको सहायतमा उपचाररत रहेको आइतबार मन्त्रालयले प्रकाशन गरेको विवरणमा उल्लेखमा छ।
यीमध्ये सबैभन्दा धेरै बागमती प्रदेशमा रहेका छन्। बागमती प्रदेशमा ३९५ जना संक्रमित आइसियूमा उपचाररत छन् उनीहरुमध्ये १३७ जना भेन्टिलेटरमा छन्।
प्रदेश १ मा १३३ जना संक्रमित आइसियूमा उपचाररत रहेकोमा ३१ जना भेन्टिलेटरमा, प्रदेश २ मा २१ आइसियूमा रहेकोमध्ये १ जना भेन्टिलेटरको सर्पोटमा उपचाररत छन्।
गण्डकी प्रदेशमा ७८ जना आइसियूमा उपचाररत रहेकोमा १५ जना भेन्टिलेटरको सर्पोटमा छन् भने लुम्बिनी प्रदेशमा ५७ जना आइसियुमा उपचाररतमध्ये १० जना भेन्टिलेटरमा छन्। त्यस्तै कर्णालीमा १२ जना आइसियुमा उपचाररत मध्ये २ जना भेन्टिलेटरको सर्पोटमा उपचाररत छन् भने सुदूरपश्चिम प्रदेशमा १० जना आइसियूमा रहेकामध्ये ४ जनालाई भेन्टिलेटरको सर्पोटमा राख्नुपरेको मन्त्रालयको तथ्यांक छ।