शनिबार, वैशाख ८, २०८१
  • गृहपृष्ठ
  • समाज
  • गण्डकीका मुख्यमन्त्री नेपालीलाई कार्य विभाजनमा सकस, दुई मन्त्री अझै विना विभागीय

गण्डकीका मुख्यमन्त्री नेपालीलाई कार्य विभाजनमा सकस, दुई मन्त्री अझै विना विभागीय

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्ष्णचन्द्र नेपालीलाई मन्त्रिपरिषद्को कार्य विभाजन सकस बन्दै गएको छ।
 |  आइतबार, असार १३, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, असार १३, २०७८

triton college
corrent noodles
Metro Mart

पोखरा– गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्ष्णचन्द्र नेपालीलाई मन्त्रिपरिषद्को कार्य विभाजन सकस बन्दै गएको छ।  प्रदेशका नवनियुक्त चार मन्त्रीमध्ये दुई जना विना विभागीयमा यथावत् छन्। दुई जनाको भने आइतबार अस्थायी रुपमा कार्य विभाजन गरिएको छ। 

प्रदेश प्रमुख सीताकुमारी पौडेलले मन्त्रिपरिषद्का चार मन्त्रीमध्ये दुई जनालाई मन्त्रालय तोकेकी हुन्।  कांग्रेसबाट मन्त्री बनेका कुमार खड्काले सामाजिक विकास र माओवादीबाट मन्त्री बनेकी मधुमाया अधिकारीले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी पाएका छन्। 

राजीव गुरुङ (दीपक मनाङे) र हरिशरण आचार्यलाई भने मुख्यमन्त्री नेपालीले मन्त्रालयको जिम्मेवारी दिन सकेका छैनन्।  दुवै जना विनाविभागीयमा यथावत् छन्। मनाङे स्वतन्त्र प्रदेशसभा सदस्य हुन् भने आचार्य जसपाका हुन्।  असार ४ गते गण्डकी प्रदेशको मुख्यमन्त्री बनेका पोखरेलले सोही दिन चारजना नेतालाई विना विभागीय मन्त्री बनाएका थिए। नेपालीलाई मुख्यमन्त्री बनाउन निर्णायक मानिएका स्वतन्त्र सांसद मनाङेले भौतिक पूर्वाधार मन्त्रालयमा दाबी गरेका छन्। 

प्रकाशित: Jun 27, 2021| 11:00 आइतबार, असार १३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।