शुक्रबार, वैशाख ७, २०८१
  • गृहपृष्ठ
  • राजनीति
  • आयोग विघटन गरेर सरकारले भूमिहीनमाथि घात गर्‍यो : मुख्यमन्त्री पोखरेल

आयोग विघटन गरेर सरकारले भूमिहीनमाथि घात गर्‍यो : मुख्यमन्त्री पोखरेल

‘कानुनतः गठन भएको र लक्षित समुदायको पहिचान र जग्गाको उपलव्धताजस्ता आधारभूत कार्यादेश स्थानीय तहलाई प्रदान गरिएको अवस्थामा राजनीतिक पूर्वाग्रहका आधारमा आयोग नै विघटन गर्नु सरकारको निकै ठूलो भूल हो।’
 |  बुधबार, साउन २०, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, साउन २०, २०७८

काठमाडौं– लुम्बिनीका मुख्यमन्त्री शंकर पोखरेलले भूमि आयोग गठन गरेर संघीय सरकारले जनविरोधी कार्य गरेको आरोप लगाएका छन्। मुख्यमन्त्री पोखरेलले बुधबार सामाजिक सञ्जालमार्फत आयोग पुनस्र्थापनाका लागि जनदबाब सिर्जना गर्न अपिल गरेका हुन्। 

triton college

उनले अघिल्लो सरकारले कानुन बनाएर गठन गरेको आयोग खारेज गरेर देउवा सरकारले भूमिहीन, दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीको आशा र अपेक्षामाथि घात गरेको आरोप लगाएका छन्। 

उनले भने, ‘कानुनतः गठन भएको र लक्षित समुदायको पहिचान र जग्गाको उपलव्धताजस्ता आधारभूत कार्यादेश स्थानीय तहलाई प्रदान गरिएको अवस्थामा राजनीतिक पूर्वाग्रहका आधारमा आयोग नै विघटन गर्नु सरकारको निकै ठूलो भूल हो।’ 

मन्त्रिपरिषद्को मंगलबारको बसेको बैठकले आयोग खारेज गर्ने निर्णय गरेको थियो।


प्रकाशित: Aug 04, 2021| 13:31 बुधबार, साउन २०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...