शनिबार, वैशाख ८, २०८१
  • गृहपृष्ठ
  • समाज
  • काठमाडौंलगायत देशका विभिन्न ठाउँमा भारी वर्षा, सतर्कता अपनाउन आग्रह

काठमाडौंलगायत देशका विभिन्न ठाउँमा भारी वर्षा, सतर्कता अपनाउन आग्रह

काठमाडौं उपत्यकालगायत देशका विभिन्न ठाउँमा गएरातिदेखि लगातार वर्षा भइरहेको छ। 
 |  शनिबार, असार १२, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, असार १२, २०७८

काठमाडौं- काठमाडौं उपत्यकालगायत देशका विभिन्न ठाउँमा गएरातिदेखि लगातार वर्षा भइरहेको छ। 

triton college

अहिले प्रदेश १, २ र बागमती प्रदेशका जिल्लाहरूमा वर्षा भइरहेको छ। साथै प्रदेश १, २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना छ। 

सो प्रदेशहरूको पहाडी भू-भागमा पहिरो तथा गेग्रान बहावको जोखिम रहेको, नदीनाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

यस्तै आज कन्काई, कोशी, कमला, बागमती जलाधारका केही स-साना सहायक नदीमा क्षणिक मध्यम/भारी वर्षा भई बहाव बढ्ने सम्भावना रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार केही स-साना नदीमा आकस्मिक बहाव भई सतर्कता आसपास पुग्न सक्ने पूर्वानुमान रहेकाले नदी तटीय क्षेत्रका क्रियाकलापमा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। 

corrent noodles
Metro Mart

यसैबीच झापाको चन्द्रगढी र आसपासका क्षेत्रमा गएरातिदेखि भएको लगातार वर्षा सर्तकता तहसम्म पुगेको छ। चन्द्रगढी विमानस्थल वर्षामापन केन्द्रका अनुसार भारी वर्षा भएको र थप वर्षा हुने पूर्वानुमान छ। 

बाढी पूर्वानुमान महाशाखाले झापाका डुबान भइरहने र होचा स्थानमा हुनेहरूले सतर्कता अपनाउन आग्रह गरेको छ। 

हाल देशभर मनसुनी वायुको प्रभाव छ भने देशको दक्षिणी भूभाग नजिक मनसुनी न्यून चापीय रेखा छ।

प्रकाशित: Jun 26, 2021| 03:43 शनिबार, असार १२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।