शुक्रबार, वैशाख ७, २०८१
  • गृहपृष्ठ
  • समाज
  • सुदूरपश्चिम सरकारको भन्दा पोखरा महानगरको आन्तरिक राजस्व दोब्बर

सुदूरपश्चिम सरकारको भन्दा पोखरा महानगरको आन्तरिक राजस्व दोब्बर

पोखरा महानगरपालिकाले सुदूरपश्चिम प्रदेश सरकारको भन्दा दोब्बर आन्तरिक राजस्व संकलन गर्ने लक्ष्य लिएको छ।
 |  बिहीबार, असार १०, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, असार १०, २०७८

काठमाडौं- पोखरा महानगरपालिकाले सुदूरपश्चिम प्रदेश सरकारको भन्दा दोब्बर आन्तरिक राजस्व संकलन गर्ने लक्ष्य लिएको छ।

triton college

आगामी आर्थिक वर्ष २०७८/०७९मा ६ अर्ब २७ करोड रुपैयाँ बराबरको बजेट सार्वजनिक गर्दै पोखरा महानगरपालिकाले बजेटको स्रोतको रुपमा २ अर्ब २२ करोड रुपैयाँ आन्तरिक राजस्व संकलनबाट जुटाइने उल्लेख गरेको हो।

जबकि सुदूरपश्चिम सरकारले आगामी आर्थिक वर्षका लागि ३० अर्ब ३३ करोड रुपैयाँ बराबरको बजेट सार्वजनिक गर्दै स्रोतको रुपमा १ अर्ब ८ करोड ३ लाख २२ हजार रुपैयाँ आन्तरिक राजस्व संकलन गर्ने लक्ष्य लिएको छ।

सुदूरपश्चिम सरकारले गत १ असारमा सार्वजनिक गरेको बजेटमा बजेटको स्रोतको रुपमा आन्तरिक राजस्वबाट १ अर्ब ८ करोड ३ लाख २२ हजार रुपैयाँ जुटाइने उल्लेख गरिएको छ।

त्यस्तै भरतपुर महानगरपालिकाको आन्तरिक राजस्व संकलनको लक्ष्य पनि सुदूरपश्चिम प्रदेश सरकारको भन्दा बढी रहेको रहेको छ।

corrent noodles
Metro Mart

आगामी आर्थिक वर्षमा ४ अर्ब ८१ करोड १२ लाख रुपैयाँ बराबरको बजेट ल्याएको भरतपुर महानगरपालिकाले आन्तरिक राजस्वमार्फत् १ अर्ब २० करोड रुपैयाँ स्रोत जुटाउने उल्लेख गरेको छ।

प्रकाशित: Jun 24, 2021| 11:40 बिहीबार, असार १०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।