काठमाडौं– पछिल्लो २४ घण्टामा देशभर २ हजार ४७४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने २ हजार ५१८ जना संक्रमणमुक्त भएका छन्।
७ हजार २३५ जनाको पीसीआर र ४ हजार ९९७ जनाको एन्टीजेन परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो। हाल नेपालमा ४९ हजार ५५५ सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ। पछिल्लो २४ घण्टामा २४ जना संक्रमितको मृत्यु भएको छ।
योसंगै नेपालमा कोरोना संक्रमितको संख्या ६ लाख ५९ हजार ३६५ पुगेको छ भने ५ लाख ७० हजार ९५८ जना संक्रमणमुक्त भएका छन्। हालसम्म नेपालमा ८ हजार ९१८ जना संक्रमतिको मृत्यु भएको छ।