शनिबार, वैशाख ८, २०८१
  • गृहपृष्ठ
  • अर्थ
  • रेमिट्यान्स कम्पनीले दैनिक विनिमयदर प्रकाशन गर्नुपर्ने

रेमिट्यान्स कम्पनीले दैनिक विनिमयदर प्रकाशन गर्नुपर्ने

रेमिट्यान्स सेवा प्रदान गर्ने कम्पनीहरुले दैनिक दुईपल्ट रेमिट्यान्सको विनिमयदर प्रकाशित गर्नुपर्ने भएको छ।
 |  बिहीबार, असार १०, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, असार १०, २०७८

काठमाडौं– रेमिट्यान्स सेवा प्रदान गर्ने कम्पनीहरुले दैनिक दुईपल्ट रेमिट्यान्सको विनिमयदर प्रकाशित गर्नुपर्ने भएको छ। बैंक तथा वित्तीय संस्थाहरुले विदेशी मुद्राको विनिमयदर प्रकाशित गरेजस्तै रेमिट्यान्स कम्पनीले पनि विनिमयदर प्रकाशन गर्नुपर्ने भएको हो। 

triton college

नेपाल राष्ट्र बैंकले रेमिट्यान्सको कारोबार गर्ने बैंक तथा वित्तीय संस्थाका साथै रेमिट्यान्स कम्पनीलाई निर्देशन जारी गर्दै दैनिक दुई पटक औसत विनिमयदर प्रकाशित गरी त्यसैका आधारमा कारोबार गर्न निर्देशन दिएको हो।

फरेन एक्सचेन्ज डिलर एसोसिएसन अफ नेपालमार्फत विदेशी मुद्राहरुको औसत खरिददर तय गरी त्यसैका आधारमा बिहान १० बजे र दिउँसो २ बजे रेमिट्यान्स विनिमयदर प्रकाशित गर्नुपर्ने निर्देशनमा उल्लेख छ। उक्त रेमिट्यान्स विनिमयदरको जानकारी राष्ट्र बैंकको विदेशी विनिमय विभागमा दिनुपर्नेछ।

रेमिट्यान्स कम्पनीहरुले रेमिट्यान्स कारोबार गर्दा जथाभावी विनिमयदर निर्धारण गर्ने गरेका गुनासो बढेसँगै यसलाई व्यवस्थित गर्न केन्द्रीय बैंकले यस्तो व्यवस्था गरेको हो।

यसैगरी रेमिट्यान्स कम्पनीहरुले सबएजेन्ट नियुक्त गर्दा नगद धरौटी लिन नपाउने व्यवस्था समेत केन्द्रीय बैंकले गरेको छ। सब एजेन्टबाट नगद धरौटीको सट्टा बैंक जमानत लिनुपर्ने निर्देशनमा उल्लेख छ। हाल रेमिट्यान्स कम्पनीहरुले सबएजेन्ट नियुक्त गर्दा नगद धरौटी लिँदै आएका छन्।

corrent noodles
Metro Mart

प्रकाशित: Jun 24, 2021| 10:30 बिहीबार, असार १०, २०७८
प्रतिक्रिया दिनुहोस्