काठमाडौं- विपक्षी गठबन्धनका शीर्ष नेताहरूले सम्पादकहरूसँग अन्तरक्रिया सुरु भएको छ। सरकारविरुद्ध रहेका ५ दलका शीर्ष नेताले बिहीबार दिउँसो दुई बजे संसद भवन नयाँ बानेश्वरस्थित ल्होत्से हलमा सम्पादकहरूसँग अन्तर्क्रिया सुरु गरेका हुन्।
पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा सम्पादकसँग अन्तर्क्रिया गर्न लागिएको बताइएको छ। छलफलका लागि कांग्रेस सभापति देउवा, माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमाले वरिष्ठ नेता माधवकुमार नेपाल र जसपा अध्यक्ष उपेन्द्र यादवलगायतका नेताहरू उपस्थित छन् भने विभिन्न सञ्चारमाध्यमका सम्पादकहरू पनि छन्।
निवासमा बुधबार साँझ बसेको पाँच दलीय गठबन्धनको बैठकले सरकारका अलोकतान्त्रिक र असंवैधानिक कदमविरुद्ध नागरिक समाज, बुद्धिजीवीलगायतसँग अन्तर्क्रिया गर्ने निर्णय गरेको थियो।