शनिबार, वैशाख ८, २०८१

एमाले र माओवादीले ललितपुर नगरसभा बहिष्कार गर्ने

ललितपुर महानगरपालिकाको नगरसभा बहुमत सदस्यहरुले बहिष्कार गर्ने भएका छन्। नगरसभामा ९२ सदस्य छन्। तीमध्ये ६६ जनाले बहिकार गर्ने निर्णय गरेको वडा नम्बर ३ का वडाध्यक्ष श्रीगोपाल महर्जनले विज्ञप्तिमार्फत जानकारी दिएका हुन्।
 |  बिहीबार, असार १०, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, असार १०, २०७८

triton college
corrent noodles
Metro Mart

काठमाडौं– ललितपुर महानगरपालिकाको नगरसभा बहुमत सदस्यहरुले बहिष्कार गर्ने भएका छन्। नगरसभामा ९२ सदस्य छन्। तीमध्ये ६६ जनाले बहिकार गर्ने निर्णय गरेको वडा नम्बर ३ का वडाध्यक्ष श्रीगोपाल महर्जनले विज्ञप्तिमार्फत जानकारी दिएका हुन्। महानगरमा एमाले र माओवादी केन्द्रबाट निर्वाचित नगरसभा सदस्यहरुले बहिष्कार गर्न लागेका हुन्।

विज्ञप्तिमा ६६ जना नगरसभा सदस्य र ३९ जना कार्यपालिका सदस्यमध्ये २६ जना नगरसभामा सहभागी नहुने उल्लेख छ। नीति तथा कार्यक्रम पारित हुनुअघि कुनै छलफल नगरिएको भन्दै बहुमत कार्यपालिका सदस्यले असन्तुष्टि जनाएका छन्। बिहीबार देशभरका स्थानीय तहमा आगामी आर्थिक वर्षको बजेट सार्वजनिक हुँदै छ। बजेट सार्वजनिक गर्न ललितपुर महानगरले दिउँसो १ बजेका लागि नगरसभा बैठक बोलाएको छ। 

ललितपुरमा मेयर चिरीबाबु महर्जन र उपमेयर गिता सत्याल नेपाली कांग्रेसका हुन्। मेयर र उपमेयर कांग्रेसको भए पनि लतिलपुर महानगरमा कांग्रेस अल्पमतमा छ।
 

प्रकाशित: Jun 24, 2021| 06:56 बिहीबार, असार १०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।