मंगलबार, वैशाख ११, २०८१
  • गृहपृष्ठ
  • समाज
  • कर्णालीमा ८१ हजार नागरिकलाई दोस्रो डोज कोरोना खोप अनिश्चित

कर्णालीमा ८१ हजार नागरिकलाई दोस्रो डोज कोरोना खोप अनिश्चित

कर्णाली प्रदेशमा गएको फागुन २३ गतेदेखि चैत २ गतेसम्म कूल १ लाख ८ हजार ४४६ जनालाई कोरोनाविरुद्धको पहिलो चरण खोप लगाए। 
 |  बिहीबार, असार १०, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, असार १०, २०७८

सुर्खेत- कर्णाली प्रदेशमा गएको फागुन २३ गतेदेखि चैत २ गतेसम्म कूल १ लाख ८ हजार ४४६ जनालाई कोरोनाविरुद्धको पहिलो चरण खोप लगाए। 

triton college

तर, उनीहरूमध्ये २६ हजार ९५० जनाले मात्रै दोस्रो डोज (मात्रा) पाए। बाँकी ८१ हजार ४९६ जनाले भने अहिलेसम्म खोपको दोस्रो मात्रा पाएका छैनन्। दोस्रो डोज नपाउनेहरूमा डोल्पाका २ हजार ५८२ जना, मुगुका ३ हजार १३५ जना, हुम्लाका ३ हजार ७७१ जना, जुम्लाका ६ हजार ५७० जना र कालीकोटका ६ हजार ५८० जना छन्।

त्यस्तै दैलेखका १३ हजार ७७२ जना, जाजरकोटका ७ हजार ८१३ जना, रुकुमपश्चिमका ७ हजार ३६४ जना, सल्यानका ९ हजार ९७७ जना र सुर्खेतका १९ हजार ९३२ जनाले पनि दोस्रो डोज पाउन सकेका छैनन्। नियमतः पहिलो मात्रा लगाएको आठ हप्ता पूरा भएपछि १२ हप्ताभित्र दोस्रो मात्रा लगाउनुपर्ने हुन्छ। तर, भारतले कोरोनाविरुद्धको (कोभिसिल्ड खोप) को निर्यातमा रोक लगाएपछि कर्णालीमा पनि खोप अभियान प्रभावित भएको हो। 

पहिलो डोज लगाएको निश्चित समयमा दोस्रो डोज लगाउनुपर्ने भनिए पनि खोप उपलब्ध नहुँदा नागरिकले दोस्रो डोज पाउन सकेका छैनन्। ‘प्रदेशले आफैले खोप किन्न पाउँदैन, केन्द्र सरकारले खरिद गरेका खोप आएको छैन,’ प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका कोरोना फोकलपर्शन नोदनारायण चौधरीले भने, ‘कोभिसिल्ड अब आउने नै निश्चित छैन, लाउनेको के निश्चित?’ 

भारतमा संक्रमण घट्दै गएका कारण छिट्टै कोभिसिल्ड खोप आउने उनको आशा छ। अग्रीम भुक्तानी नै लिइसकेका कारण खोप आउने सक्ने भन्दै नेपालमा पहिलो मात्रा लगाइएको थियो। ‘सरकारले अग्रिम भुक्तानी नै गरिसकेको थियो, थप खोप आउँछ भनेर नै खोप अभियान सुरु गरिएको थियो,’ उनले भने, ‘दोस्रो डोजका लागि संचित नगरेरै पहिलो मात्रा लगायौं।’

corrent noodles
Metro Mart

१९ हजारले लगाए चिनियाँ खोप

कर्णाली प्रदेशका १९ हजारभन्दा बढीलाई कोरोनाविरुद्धको चिनियाँ खोप (भेरोशिल्ड) लगाइएको छ। मंगलबारसम्म प्रदेशभर कुल १९ हजार ४१५ जनालाई खोपको पहिलो डोज लगाइएको प्रदेश स्वास्थ्य सेवा निर्देशनालयले जनाएको छ। 

चिनियाँ खोपको पहिलो डोज लगाएका मध्ये डोल्पाका ४१९ जना, मुगुका ८५४ जना, हुम्लाका ४६२ जना, जुम्लाका एकहजार ४७८ जना र कालिकोटका ९८० जना छन्। 

यस्तै दैलेखका ४ हजार २४७ जना, जाजरकोटका ५०४ जना, रुकुमपश्चिमका २ हजार ११५ जना, सल्यानका २ हजार २०२ जना र सुर्खेतका ६ हजार १५३ जनाले चिनियाँ खोपको पहिलो डोज लगाएका हुन्। खोप अभियान अझै जारी छ। बाढीपहिरो र भौगोलिक विकटताका कारण प्रदेशका अधिकांश जिल्लामा खोप अभियान जारी नै छ। 

यसपालि कर्णाली प्रदेशमा ३१ हजार भन्दा बढीलाई चिनियाँ खोप लगाउने लक्ष्य राखिएको छ। चिनियाँ खोप अहिले ६२ देखि ६४ उमेर समूहका नागरिकलाई मात्रै लगाउने गरिएको छ।

दोस्रो डोजका लागि संचित राखेर चिनियाँ खोप लगाइएको हो। ‘भारतले समयमै खोप नदिँदा यसअघि कोभिशिल्ड लगाएकाले दोस्रो डोज पाउन सकेका छैनन्,’ सूचनाअधिकारी समेत रहेका चौधरीले भने, ‘चिनियाँ खोप त दोस्रो डोज पुग्नेगरी नै पहिलो डोज दिएका छौं।’ चिनियाँ खोप लगाएका सबैले दोस्रो डोज सहजै प्राप्त गर्ने उनको भनाइ छ। ‘पहिले खोप आइहाल्छ भन्ने थियो,’ उनले भने, ‘अहिले सचेत भएर दोस्रो डोज संचित गरेर राखेका छौं।’

प्रकाशित: Jun 24, 2021| 05:00 बिहीबार, असार १०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।